२७ कार्तिक २०८२, बिहिबार | November 13, 2025

कपास उद्योगमा आगलागी हुँदा १२ लाखको क्षति



बनियानी । झापाको भद्रपुर-५ झापा चोकस्थित कपास उद्योगमा आगलागी हुँदा १२ लाख बराबरको क्षति भएको छ ।

मङ्गलबार बेलुका सोही वडाका रामचन्द्र सहनीले सञ्चालन गरेको कपास उद्योगमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।

उनका अनुसार कपास उद्योगमा कपास पेल्ने क्रममा कपासमा मिसिएर आएको ढुङ्गाका कारण मेसिनमा खराबी आएर अचानक आगलागी भएको हो ।

आगलागीबाट कपास पेल्ने मेसिन एक थान र ५७ बोरा तयारी कपास पूर्णरूपमा जलेर नष्ट भएको छ । स्थानीयवासी, प्रहरी र भद्रपुर नगरपालिकाको दमकलको सहयोगमा आगो निभाइएको छ । रासस

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  ९ : २४ बजे

‘सुम्निमा’ मा नवअभिनेत्री सोल गुरुङ

काठमाडौं । निर्देशक मिलन चाम्सको नयाँ चलचित्र ‘सुम्निमा’ मार्फत नवअभिनेत्री

नयाँ मतदातामा निर्वाचनको उत्साह

बैतडी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

कालीगण्डकी कोरिडोर : लस्ती-बेनी खण्ड कालोपत्र गरिँदै

म्याग्दी । कालीगण्डकी कोरिडोरअन्तर्गत लस्ती-बेनी खण्डमा कालोपत्र गर्न थालिएको छ

महिला च्याम्पियन्स लिगमा पिएसजी पराजित, म्यानचेस्टर युनाइटेडको शानदार जित

काठमाडौं । महिला च्याम्पियन्स लिगमा फ्रान्सेली क्लब पेरिस सेन्ट-जर्मेन (पिएसजी)

दूध बिक्रीबाट वार्षिक १३ लाख आम्दानी

कञ्चनपुर । भारतमा मजदुरी गरेर परिवारको जोहो गर्दै आएका कञ्चनपुरको