१२ बैशाख २०८१, बुधबार | April 24, 2024

सन्काहा राष्ट्रपति ट्रम्पको अस्वभाविक बर्हिगमन, आफ्नै उपराष्ट्रपति पेन्सले पनि बिदाई भेट नगर्ने



संयुक्त राज्य अमेरिकाका विवादास्पद एवं सन्काहा राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल सकिन अब केही घण्टा मात्रै बाँकी छ ।

राष्ट्रपतिमा निर्वाचित डेमोक्र्याट जो बाइडेनको सपथ ग्रहण समारोहसँगै ट्रम्प राष्ट्रपतिबाट औपचारिक रुपमा बाहिरिँदै छन् । तर, त्यसअघि नै ट्रम्पलाई अधिकांश अमेरिकनले राष्ट्रपतिबाट हटाइसकेका छन् ।

आफ्नो स्वभावका कारण राष्ट्रपतिमा निर्वाचित भएसँगै पूर्वार्धबाटै विवादित बनेका ट्रम्प कार्यकालको उत्तरार्धमा आइपुग्दा नराम्रोसँग आलोचित भएका छन् । राष्ट्रपतिमा निर्वाचित हुनका लागि राज्यशक्तिको दुरुपयोग गर्दै अनेकौं अथकण्डा अपानाएका ट्रम्पको उक्साहटमा जनवरी ६ मा अमेरिकी संसद गरिएको आक्रमणपछि उनीविरुद्ध अधिकांश अमेरिकीहरुले घृणा गर्न थालेका थिए । अमेरिकी मात्र नभएर विदेशी मित्रराष्ट्रहरु समेत ट्रम्पसँग तर्किएका थिए । सोही कारण विदेशमन्त्री माइक पोम्पियोले समेत अन्तिम समयमा तय गरेको विदेश भ्रमण समेत अकस्मात स्थगित गर्न बाध्य बने ।

त्यसो त, कुनै पनि निवर्तमान राष्ट्रपति नयाँ राष्ट्रपतिको सपथ ग्रहण समारोहमा उपस्थित हुने अमेरिकी प्रचलन रहेको छ । तर, ट्रम्पले राष्ट्रपति जो बाइडेनको सपथ ग्रहण समारोहलाई बहिस्कार गर्ने घोषणा गरेर आफ्नो चरित्र देखाइसकेका छन् । ट्रम्प राष्ट्रपति निवास ह्वाइट हाउसबाट बाहिरिँदै छन् । तर, उनलाई अन्तिम विदाई गर्न उनकै उपराष्ट्रपति माइक पेन्स नजाने भएका छन् । माइक पेन्स बाइडेनको सपथ ग्रहणमा उपस्थित हुने भएका छन् ।

उपराष्ट्रपतिका रुपमा ट्रम्पसँग अन्तिम घण्टा बिताइरहँदा पेन्सले उपराष्ट्रपतिका रुपमा ४ बर्ष सेवा गर्न पाएकोमा धन्यवाद व्यक्त गरेका छन् । उनले भनेका छन् ‘विगत चार बर्ष तपाईको उप राष्ट्रपतिको रूपमा सेवा गर्ने सुअवसरको लागि धन्यवाद । यो मेरो जीवनको सबैभन्दा ठूलो सम्मान हो। दोस्रो महिला, क्यारेन पेन्स र हाम्रो सम्पूर्ण परिवारको तर्फबाट धन्यवाद । भगवानले अमेरिकालाई आशिर्वाद दिउन् ।’

अहंकार र घमण्डले गर्दा सपथ ग्रहण समारोहमा सरिक हुन नचाहेका ट्रम्प ह्वाइट हाउसबाट विदा भएर फ्लोरिडा जाँदैछन् । ट्रम्पले सपथग्रहण हुनुभन्दा केही घण्टा अगाडि नै ह्वाइटहाउस छाड्ने जनाइएको छ । ट्रम्पले अमेरिकी समयअनुसार बुधबार बिहान ८ बजे ह्वाइट हाउस छाडेर संयुक्त एन्ड्रयु बेसतर्फ लाग्ने बताइएको छ ।

तर ट्रम्पको बिदाईमा उपराष्ट्रपति पेन्स मात्र नभई अरु कैयन बरिष्ठ रिपब्लिकन नेताहरु पनि नजाने बताइएको छ । सिनेटमा रिपब्लिकन नेता मिच म्याक्कोनेल र हाउसमा रिपब्लिकन नेता केभिन म्याकार्थी पनि बिदाईमा नजाने भएका छन् ।

उता, अमेरिकी संसदभवन क्यापिटल हिलको पश्चिमतिरको अग्रभागमा राष्ट्रपति जो बाइडेनको सपथग्रहण समारोहको आयोजना गरिने भएको छ । ट्रम्पका हिंस्रक समर्थकहरुले आक्रमण गरेपछि संसद भवनआसपासको क्षेत्रलाई छाउनीमा बदएिको छ । २० हजार भन्दा बढी सुरक्षाकर्मीको पहरामा जो बाइडेनले केही घण्टापछि ४६औं राष्ट्रपतिको सपथ ग्रहण गर्नेछन् । त्यससँगै उनको प्रशासनले अमेरिकाको नेतृत्व गर्नेछ ।

ट्रम्पकै व्यवहारका कारण उनीमाथि अमेरिकी इतिहासमै पहिलो पटक बहालवाला राष्ट्रपतिमाथि दुई पटक महाअभियोग प्रस्ताव संसदको तल्लो सदनबाट पारित भयो । आफ्नो व्यवहारकै कारण सबै मित्रहरुलाई चिढ्याएका सन्काहा राष्ट्रपति ट्रम्पको बहिर्गमन भने अमेरिकी इतिहासमा तितो इतिहास बनेर सकिएको छ । यौटा सन्काहा राष्ट्रपतिको अस्वभाविक बर्हिगमन भएको छ ।

 

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  १० : ०५ बजे

आसन्न महाधिवेशन कम्युनिष्ट आन्दोलनको ऐतिहासिक उपलब्धि हो : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । नेपाल

एक जना मन्त्री लिएर सरकार बिस्तार गर्दै कर्णालीका मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले आज एकजना

काभ्रेको भुम्लुमा सुमो दुर्घटना, १० घाइते

धुलिखेल । काभ्रेपलाञ्चोकको कोशिपारिस्थित चौरीदेउराली गाउँपालिकाको कात्तिके देउरालीबाट बनेपातर्फ आउँदै

प्रधानमन्त्री र कतारी अमिरबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारका राजा शेख