६ चैत्र २०८२, शुक्रबार | March 21, 2026

प्रदेश १ प्रदेशसभाको पहिलो बैठकमा दलको नेताहरुले सम्बोधन गर्न नपाउने



बिराटनगर । नेकपाको विभाजनको औपचारीक तयारी चलिरहेका बेला सुरु भएको प्रदेश १ को हिउँदे अधिवेशनको पहिलो बैठकमा दलका नेताहरुले बोल्न नदिईने भएको छ ।

नेकपाको ओली पक्ष र प्रचण्ड नेपाल पक्षले एक अर्कालाई निषेध तथा अवरोध गर्ने रणनीति बनाएपछि कार्यव्यवस्था परामर्श समितिको बैठकले कुनै पनि दलका नेताहरुलाई पहिलो बैठकमा बोल्न नदिने निर्णय गरेको हो ।

अधिवेशनको सुरुवातमा दलका नेताहरुले सम्बोधन गर्ने परम्परा रहेपनि आजको बैठकमा भने प्रदेश प्रमुखले अधिवेशन आह्वान गरेको पत्र पढेर सुनाएर बैठक स्थगित गर्ने सुचि तयार गरिएको छ । अर्को बैठकको मिति सभामुखले तोक्ने छन् ।

नेकपाको विभाजनपछि बस्न लागेको प्रदेशसभा बैठकमा प्रचण्ड(नेपाल पक्षले मुख्यमन्त्री शेरधन राई विरुद्ध दर्ता गरेको अविश्वासको प्रस्तावले सुरुमै प्रवेश पाउनु पर्ने माग गरेका छन् भने ओली पक्षले मुख्यमन्त्री राईबाट निलम्बन गरेका प्रचण्ड–नेपाल समूहका १६ जना सांसदलाई बैठक कक्षमा प्रवेश गर्न नदिने योजना बनाएको बुझिएको छ । यसैगरी प्रचण्ड–नेपाल पक्षले राईलाई संसदीय दलको नेताबाट हटाइसकेको भन्दै अधिेवेशनमा राईलाई बोल्न नदिने रणनीति बनाएको थियो ।

सम्भाब्य झडपलाई रोक्न संसदीयदलका नेतालाई बोल्न नदिने रणनीति बनाईएको प्रदेश १ प्रदेशसभा सचिवालय स्रोतले उल्लेख गरेको छ । प्रदेशसभामा मुठभेडको स्थिति आउनसक्ने आँकलन गर्दै मर्यादापालकको संख्या बढाइएको थियो ।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  २ : ०२ बजे

कांग्रेस बैठकमा उपसभापति शर्माको चुनावी समीक्षा प्रतिवेदन प्रस्तुत (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेसका उपसपभाति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका

मन्त्रीहरूद्वारा नयाँ संसद् भवन परिसरमा वृक्षारोपण

काठमाडौँ । सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन क्षेत्रमा आज

नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) सहयोग

काठमाडौं । नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा

चट्याङ लागेर गुल्मीका छ जना घाइते

गुल्मी । वर्षासँगै परेको चट्याङ लागेर जिल्लाका विभिन्न स्थानका छ

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

घोडेपानी । यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस