२१ बैशाख २०८३, सोमबार | May 4, 2026

बुटवल उपमहानगरपालिकामा पुस मसान्तसम्म १ अर्ब २० करोड आम्दानी



बुटवल । बुटवल उपमहानगरपालिकाले चालु आर्थिक बर्षको पुस मसान्त सम्म १ अर्ब २० करोड रुपैया आम्दानी गरेको छ ।

उपमहानगरपालिकाले चालु आर्थिक बर्षमा संघीय सरकार, प्रदेश सरकार, राजश्व बाडफाड, आन्तरिक स्रोत र ऋण समेत गरी २ अर्ब १ करोड आम्दानी अनुमानित गरेको थियो ।

त्यसमध्ये ५९ दशमवल ५१ प्रतिशत अथार्त १ अर्ब २० करोड रुपैया आम्दानी गर्न सफल भएको उपमहानगरपालिकाले जनाएको छ ।

बुधबार भएको नियमित पत्रकार भेटघाट कार्यक्रममा नगरपालिकाका प्रबक्ता रामप्रसाद रेग्मीले गत आर्थिक बर्षको पुस मसान्त सम्म ४३ दशमवल २३ प्रतिशत आय भएकोमा चालु आर्थिक बर्षको पुस मसान्त सम्म ५९ दशमवल ५१ प्रतिशत आम्दानी भएको उनले बताए । त्यस्तै उनले चालु आर्थिक बर्षको पुस मसान्त सम्म ५६ करोड ६५ लाख रुपैया खर्च भएको बताए ।

उनले गत बर्षको तुलनामा खर्च प्रगति प्रतिशत सन्तोषजनक भएको समेत बताए । कोरोनाको प्रभाव भएपनि पूँजीगत खर्च प्रगति गत बर्षको तुलनामा राम्रो भएको उनको भनाई छ । उनले उपभोत्ता समितिहरुबाट सञ्चालित गत बर्ष सम्पन्न हुन नसकेका योजनाहरु सम्पन्न हुँदा पनि पुजिगत खर्च बढेको उनले बताए ।

त्यस्तै आन्तारिक क्रणलाई घटाउँदा बास्तविक आन्तारिक आयतर्फ ५९ दशमवल ५६ प्रतिशत प्रगति हासिल भएको उनको भनाई छ ।

उनले पुस मसान्तमा मात्र उपमहानगरपालिकाले ३० जनालाई ५ दिने उद्यमशिलता विकास तथा व्यवसाय व्यवस्थापन तालिम प्रदान गरेको बताए । त्यस्तै पुसमा संस्था सुचिकृत १० वटा, परियोजना कार्यक्रम सञ्चालन ४ वटा, व्यक्तिगत घटना दर्ता ५ सय ४६, अपाङगता परिचय पत्र वितरण १४ वटा भएको बताए । त्यस्तै हरित घर निमाणका लागि ५ वटा सम्झौता भएको प्रबक्ता रेग्मीको भनाई छ ।

उपमहानगरपालिकाका वित्त महाशाखा प्रमुख विष्णु खनालले मंसिर महिनामा मात्र शैक्षिक गुणस्तर अभिबृद्धि कार्यक्रम अन्तर्गत माध्यमिक विद्यालयहरुमा विज्ञान प्रयोगशाला व्यावस्थापन र ४ वटा माविहरुमा कम्प्युटर तथा सूचना प्रविधि व्यवस्थापनका लागि १० वटा विद्यालयलाई प्रति विद्यालय ६ लाख ५० हजार प्रदान गरेको बताए ।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  ६ : ११ बजे

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हुरीबताससहित भारी वर्षा

बुटवलमा दोस्रो संस्करणको राष्ट्रिय महिला फुटबल प्रतियोगिता बैशाख २६ गतेदेखी

बुटवल । बीस पचहत्तर युवा परिवार बुटवलको आयोजनामा दोस्रो संस्करणको

संविधान संशोधन कार्यदलले पूर्वराष्ट्रसेवकसँग छलफल गर्दै

काठमाडौं । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले

लुम्बिनी प्रदेश सरकारको नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

दाङ । लुम्बिनी प्रदेश सरकारले नवनिर्मित प्रशासनिक भवनबाट औपचारिक रूपमा

कञ्चनपुरमा ट्याक्टरको ठक्करबाट दुई जनाको मृत्यु, एक घाइते

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका–७ स्थित इँटा उद्योगमा ट्याक्टर अनियन्त्रित