१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

बुटवल उपमहानगरपालिकामा पुस मसान्तसम्म १ अर्ब २० करोड आम्दानी



बुटवल । बुटवल उपमहानगरपालिकाले चालु आर्थिक बर्षको पुस मसान्त सम्म १ अर्ब २० करोड रुपैया आम्दानी गरेको छ ।

उपमहानगरपालिकाले चालु आर्थिक बर्षमा संघीय सरकार, प्रदेश सरकार, राजश्व बाडफाड, आन्तरिक स्रोत र ऋण समेत गरी २ अर्ब १ करोड आम्दानी अनुमानित गरेको थियो ।

त्यसमध्ये ५९ दशमवल ५१ प्रतिशत अथार्त १ अर्ब २० करोड रुपैया आम्दानी गर्न सफल भएको उपमहानगरपालिकाले जनाएको छ ।

बुधबार भएको नियमित पत्रकार भेटघाट कार्यक्रममा नगरपालिकाका प्रबक्ता रामप्रसाद रेग्मीले गत आर्थिक बर्षको पुस मसान्त सम्म ४३ दशमवल २३ प्रतिशत आय भएकोमा चालु आर्थिक बर्षको पुस मसान्त सम्म ५९ दशमवल ५१ प्रतिशत आम्दानी भएको उनले बताए । त्यस्तै उनले चालु आर्थिक बर्षको पुस मसान्त सम्म ५६ करोड ६५ लाख रुपैया खर्च भएको बताए ।

उनले गत बर्षको तुलनामा खर्च प्रगति प्रतिशत सन्तोषजनक भएको समेत बताए । कोरोनाको प्रभाव भएपनि पूँजीगत खर्च प्रगति गत बर्षको तुलनामा राम्रो भएको उनको भनाई छ । उनले उपभोत्ता समितिहरुबाट सञ्चालित गत बर्ष सम्पन्न हुन नसकेका योजनाहरु सम्पन्न हुँदा पनि पुजिगत खर्च बढेको उनले बताए ।

त्यस्तै आन्तारिक क्रणलाई घटाउँदा बास्तविक आन्तारिक आयतर्फ ५९ दशमवल ५६ प्रतिशत प्रगति हासिल भएको उनको भनाई छ ।

उनले पुस मसान्तमा मात्र उपमहानगरपालिकाले ३० जनालाई ५ दिने उद्यमशिलता विकास तथा व्यवसाय व्यवस्थापन तालिम प्रदान गरेको बताए । त्यस्तै पुसमा संस्था सुचिकृत १० वटा, परियोजना कार्यक्रम सञ्चालन ४ वटा, व्यक्तिगत घटना दर्ता ५ सय ४६, अपाङगता परिचय पत्र वितरण १४ वटा भएको बताए । त्यस्तै हरित घर निमाणका लागि ५ वटा सम्झौता भएको प्रबक्ता रेग्मीको भनाई छ ।

उपमहानगरपालिकाका वित्त महाशाखा प्रमुख विष्णु खनालले मंसिर महिनामा मात्र शैक्षिक गुणस्तर अभिबृद्धि कार्यक्रम अन्तर्गत माध्यमिक विद्यालयहरुमा विज्ञान प्रयोगशाला व्यावस्थापन र ४ वटा माविहरुमा कम्प्युटर तथा सूचना प्रविधि व्यवस्थापनका लागि १० वटा विद्यालयलाई प्रति विद्यालय ६ लाख ५० हजार प्रदान गरेको बताए ।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  ६ : ११ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम