१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

जापानबाट फर्केर बाख्रा पालन, नगर सरकारले ग-यो सम्मान



बुटवल । रोजगारीका लागि जापान गएर पुनः स्वदेशमा नै आएर व्यवसायीक बाख्रा पालन गर्दै आएका एक युवा रुपन्देहीको तिलोत्तमा नगरपालिका शुनिल कुमार पाण्डेलाई १ लाख रुपैयाँ को पुरस्कार सहित सम्मान गरिएको छ ।

तिलोत्तमा नगरपालिकामा सञ्चालन भएको दायित्व परियोजनाको ‘नगरप्रमुख दायित्व ग्रामीण उद्यम दुर्तिकरण परियोजना’ ले उनलाई सम्मान गरेको छ ।

नेपाल छंदा गार्मेण्ट उद्योगमा लागेका पाण्डे रोजगारीका लागि जापानमा गएका थिए ।जापानमा गरिएको व्यवसायी पशुपालन लाई देखेर हाल स्वदेशमा नै आएर व्यवसायीक रुपमा बोयर जातको बाख्रा पालन गर्दै आएका छन् । उनलाई नगरपालिकामा संचालित एक परियोजनाले उत्कृष्ठ १० जनाबाट ५ जना उद्यमीमा छनौट गरेको थियो ।

तिलोत्तमा नगरपालिका वडा नम्बर २ मा उनले ३० वाटा बोयर बाख्रा पालनबाट सुरुवात गरेका थिए । हाल उनको फार्ममा ८० वटा बोयर बाख्रा रहेका छन् । आगामी बर्षमा ३ सय वटा बोयर बाख्रा पालन गरी नमुना फार्म बनाउने योजना बनाएको पाण्डेले बताए ।

उनलाई तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरे, उप प्रमुख जागेश्वरी देवी चौधरी, नगर प्रवक्ता सुरेन्द्र श्री, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेल लगायतले सम्मान सहित नगद पुरस्कार प्रदान गरेका थिए । दायित्व परियोजनाका कमल थापाका अनुसार केही समय पहिला देखि निरन्तर सञ्चालन गरिएको परियोजनाले उत्कृष्ठ १० जना उद्यमी छानैट गरेको थियो । जसबाट उत्कृष्ठ ५ जनाको प्रस्तुती सहितको प्रतिवेदन अनुसार उत्कृष्ठ १ जना छनौट गरी नगद पुरस्कार सहित सम्मान गरिएको हो ।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  ८ : ४२ बजे

बुटवल उपमहानगरमा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण

बुटवल । बुटवल उपमहानगरपालिकामा ज्येष्ठ नागरिक र फरक क्षमता भएका

एन आई सी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

काठमाडौ । एन आई सी एशिया बैंकले कोशी प्रदेशमा आयोजना

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौं। नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ

सुदूरपश्चिम सरकार छोड्न नाउपा अध्यक्ष रञ्जिताको लिखित निर्देशन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम

लोकेश बमको शतकका बाबजुद आयरल्याण्ड वोल्भ्ससँग नेपाल पराजित

काठमाडौं। आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई पराजित गरेको छ ।