२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

जापानबाट फर्केर बाख्रा पालन, नगर सरकारले ग-यो सम्मान



बुटवल । रोजगारीका लागि जापान गएर पुनः स्वदेशमा नै आएर व्यवसायीक बाख्रा पालन गर्दै आएका एक युवा रुपन्देहीको तिलोत्तमा नगरपालिका शुनिल कुमार पाण्डेलाई १ लाख रुपैयाँ को पुरस्कार सहित सम्मान गरिएको छ ।

तिलोत्तमा नगरपालिकामा सञ्चालन भएको दायित्व परियोजनाको ‘नगरप्रमुख दायित्व ग्रामीण उद्यम दुर्तिकरण परियोजना’ ले उनलाई सम्मान गरेको छ ।

नेपाल छंदा गार्मेण्ट उद्योगमा लागेका पाण्डे रोजगारीका लागि जापानमा गएका थिए ।जापानमा गरिएको व्यवसायी पशुपालन लाई देखेर हाल स्वदेशमा नै आएर व्यवसायीक रुपमा बोयर जातको बाख्रा पालन गर्दै आएका छन् । उनलाई नगरपालिकामा संचालित एक परियोजनाले उत्कृष्ठ १० जनाबाट ५ जना उद्यमीमा छनौट गरेको थियो ।

तिलोत्तमा नगरपालिका वडा नम्बर २ मा उनले ३० वाटा बोयर बाख्रा पालनबाट सुरुवात गरेका थिए । हाल उनको फार्ममा ८० वटा बोयर बाख्रा रहेका छन् । आगामी बर्षमा ३ सय वटा बोयर बाख्रा पालन गरी नमुना फार्म बनाउने योजना बनाएको पाण्डेले बताए ।

उनलाई तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरे, उप प्रमुख जागेश्वरी देवी चौधरी, नगर प्रवक्ता सुरेन्द्र श्री, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेल लगायतले सम्मान सहित नगद पुरस्कार प्रदान गरेका थिए । दायित्व परियोजनाका कमल थापाका अनुसार केही समय पहिला देखि निरन्तर सञ्चालन गरिएको परियोजनाले उत्कृष्ठ १० जना उद्यमी छानैट गरेको थियो । जसबाट उत्कृष्ठ ५ जनाको प्रस्तुती सहितको प्रतिवेदन अनुसार उत्कृष्ठ १ जना छनौट गरी नगद पुरस्कार सहित सम्मान गरिएको हो ।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  ८ : ४२ बजे

करदाता प्रोत्साहन कार्यक्रमः शुक्रबार उपहार घोषणा गरिने

काठमाडौँ । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको सम्पूर्ण

लक्षित वर्गका बिरामीलाई निःशुल्क उपचार गर्न ‘फोकल पर्सन’

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लक्षित वर्गका नागरिकलाई

पच्चीस वर्षपछि यसरी नाफामा फर्कियो नेपाल औषधि लिमिटेड

काठमाडौं । एकदशक अगाडिसम्म कर्मचारीको तलब दिन नसक्ने अवस्थामा पुगेको

भारतमा मुख्यधारका सञ्चारमाध्यमप्रति अविश्वास बढ्दो

नयाँदिल्ली । भारतमा गत महिना भएको युवा नेतृत्वको विरोध प्रदर्शनले

देउवा साउन २६ मा स्वदेश फर्किने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन