१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

अमेरिकाको ४६ औं राष्ट्रपतिको रूपमा जो बाइडनद्वारा पद तथा गोपनीयताको सपथ ग्रहण



अमेरिकाका नवनियुक्त राष्ट्रपति जो बायडनले सपथ ग्रहण गरेका छन् ।

राजधानी वासिङ्गटन डिसीस्थित अमेरिकी संसद भवन क्यापिटोल हिलमा आयोजित भव्य समारोहमा बाइडेनले ४६औं राष्ट्रपतिको रूपमा सपथ लिएका हुन् ।

बाइडेनले अमेरिकाका प्रधानन्यायाधीस जोन रोवर्ट समक्ष बाइवलमा हात राखेर सपथ दिएका छन् ।

बाइडेनसँगै उपराष्ट्रपति कमला ह्यारिसले पनि सपथ ग्रहण गरेकी छिन् । कमला अमेरिकी इतिहासमा यतिधेरै माथिल्लो पदमा पुग्ने पहिलो महिला हुन् ।

अमेरिकी समयअनुसार ११ बजेर २० मिनेटजाँदा सपथग्रहण समारोहको औपचारिक सुरूवात भएको थियो । बाइडेनले

बाइडेनको सपथ ग्रहण कार्यक्रममा अमेरिकाका सबै जीवित राष्ट्रपति, प्रथम महिला र उपराष्ट्रपति, सभामुख न्यान्सी पेलोसी लगायत विशिष्ठ अतिथिहरूको उपस्थिति रहेको थियो ।

तर, निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले  भने सपथग्रहण समारोहला बहिष्कार गरेका छन् । ट्रम्प सपथग्रहण अघि वासिङ्गटन डिसी छोडेर फ्लोरिडास्थित आफ्नो रिसोर्टमा गएका छन्  । यद्यपी, उपराष्ट्रपति माइक पेन्स भने उपस्थित भएका छन् ।

अमेरिकी इतिहासमा सन् १९६९ पछि कुनैपनि जाँदै गरेका राष्ट्रपतिले आउँदै गरेका राष्ट्रपतिको सपथग्रहण समारोहमा अनुपस्थित भएको यो ने पहिलो घटना हो ।

सपथ ग्रहण समारोहमा  हिंसा फैलिन नदिन उच्च सुरक्षा व्यवस्था मिलाइएको छ ।

ट्रम्पका समर्थकहरूले जनवरी ६ मा संसद भवनमा हिंसात्मक आक्रमण गरेपछि कडा सुरक्षा व्यवस्था मिलाइएको हो । यसका लागि २० हजार सुरक्षाकर्मी तैनाथ गरिएको छ भने क्यापिटोल हिल आसपासको क्षेत्रलाई छाउनीमा परिणत गरिएको छ  ।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  १० : ३९ बजे

राष्ट्रपति पौडेलद्वारा अनुगमन तथा मुल्यांकन विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अनुगमन तथा मुल्यांकन गर्न बनेको

आयरल्याण्ड वोल्भ्सले नेपाल ‘ए’ लाई दियो २२३ रनको लक्ष्य

काठमाडौं । आयरल्याण्ड वोल्भ्सले नेपाल ‘ए’ लाई २२३ रनको लक्ष्य

आगामी नीति तथा कार्यक्रम र बजेट जनमुखी हुन्छ : प्रधानमन्त्री प्रचण्ड

हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु

सुर्खेत । कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने उद्देश्यले निर्माण कार्य

दुर्गा प्रसाईंको हतियारको इजाजतपत्र र नवीकरण बारे छानबिन गर्न समिति गठन

काठमाडौँ । गृहमन्त्रालयले  दुर्गा प्रसाईंको नाममा रहेको हतियारको इजाजतपत्र र