६ श्रावण २०८३, बुधबार | July 22, 2026

राष्ट्रपति बाइडेनले उल्टाए ट्रम्प प्रशासनका ९ आदेश



एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले सपथग्रहण गरेको १२ घण्टा नबित्दै ट्रम्प प्रशासनले गरेका बिभिन्न आदेशहरु उल्टाउनुका साथै १५ वटा कार्यकारी आदेश र दुईवटा निर्देशनमा हस्ताक्षर गरेका छन् ।

पदभार ग्रहण गरेको केही घण्टाभित्रै उनले कोरोना महामारी नियन्त्रणका लागि अभियान तीव्र बनाउने कार्यकारी आदेश जारी गर्नाका साथै ट्रम्प प्रशासनले अख्तियार गरेका जलवायु परिवर्तन, आप्रवासन तथा जातीयसम्बन्धी नीति उल्ट्याइदिएका हुन् । विश्व स्वस्थ्य संगठनबाट बाहिरिने ट्रम्प प्रशासनको आदेश पनि बाइडेनले उल्ट्याईदिएका छन् ।

संचारकर्मीहरुकै अगाडि कोरोना महामारी, जलवायु परिवर्तन र आर्थिक सहायता सम्बन्धि तीनवटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका गरेका बाइडेनले एकघण्टामा १५ कार्यकारी आदेश र २ निर्देशनमा हस्ताक्षर गरिसकेका छन् ।

बाइडेनले संघीय भवन र भूभागहरुमा मास्क अनिवार्य गर्ने,एउटा राज्यबाट अर्को राज्यमा यात्रा गर्दा पनि मास्क अनिवार्य लगाउनुपर्ने, कम सुविधा पाइरहेको समुदायका लागि सहयोग बढाउने, पेरिस जलवायु सम्झौतामा पुन समावेश हुने लगायतका कार्यकारी आदेशमा राष्ट्रपति बाइडेनले हस्ताक्षर गरेका छन् ।

बाइडेनले अमेरिका पुन पेरिस सम्झौतामा संलग्न हुने सुचना राष्ट्रसंघ समक्ष पठाएका छन् । विश्वब्यापी तापमान बृद्धिलाई नियन्त्रण गर्ने यो सम्झौतामा सन् २०१५ मा हस्ताक्षर गरिएको थियो तर ट्रम्पले यो सम्झौताबाट अमेरिकालाई बाहिर निकालेका थिए ।

त्यसैगरि बाइडेनले ५ वटा अध्यागमन सम्बन्धि कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । बाल्यकालमा अमेरिका आएका कागजपत्रविहिनलाई संरक्षण प्रदान गर्ने डाका कार्यक्रमलाई सुदृढिकरण गर्ने तथा सातवटा मुस्लिम बाहुल्य देशका नागरिक माथि ट्रम्प प्रशासनले लगाएको यात्रा प्रतिबन्धलाई पनि बाइडेनले उल्टाउने कार्यकारी आदेश जारी गरेका छन् ।

त्यस्तै अमेरिकाभित्र अध्यागमन कारवाही गर्ने ट्रम्पको नीतिलाई पनि बाइडेनले कार्यकारी आदेशमार्फत उल्टाएका छन् । ट्रम्पले सिमानामा पर्खाल लगाउनका लागि जारी गरेको संकटकाललाई बाइडेनले उल्टाएका हुन् । ट्रम्पले सिमानामा पर्खाल लगाउन बजेट जुटाउने उद्देश्यले संकटकालको घोषणा गरेका थिए ।

त्यस्तै लाइबेरियनहरुको वर्क परमिट सन् २०२२को जुन ३० सम्म लम्बाउने र देशनिकालालाई पछाडि सार्ने कदममा पनि बाइडेनले हस्ताक्षर गरेका छन् ।

देशब्यापी रुपमा घरनिकालामा र घर लिलामीमा रोकलाई कम्तीमा मार्च ३१ सम्म थप गर्ने, संघीय विद्यार्थी ऋण भएका अमेरिकन विद्यार्थीको ऋण पेमेन्ट र ब्याज कम्तीमा सेप्टेम्बर ३० सम्म स्थगित गर्ने जस्ता कार्यकारी आदेश बाइडेन प्रशासनले तत्काल लागु गर्ने भएको छ ।

वातावरण सन्दर्भमा कीस्टोन पाइपलाइन खारेज गर्ने तथा वातावरणका सन्दर्भमा ट्रम्पले जारी गरेका एकसयभन्दा धेरै कदम पुनरावलोकन गर्न र उल्टाउन एजेन्सीहरुलाई निर्देशन दिने आदेशमा बाइडेनले हस्ताक्षर गरेका छन् । जातीय समानताको सुनिश्चित गर्न एजेन्सीहरुलाई दिइएको आदेशमा पनि बाइडेनले हस्ताक्षर गरेका छन् ।

बाईडेनको कार्यकारी आदेशमा यौन अभिमुखिकरण र लैंगिक आधारमा काममा हुने विभेद रोक्ने, जनगणनामा नागरिक बाहेक अन्य जनसंख्या समावेश गर्नुपर्ने तथा सांसदको संख्या निर्धारणमा नागरिक बाहेक अन्यको जनसंख्यालाई पनि गणना गर्नुपर्ने लगायतका बिषय समावेश छ ।

बाइडेनले ट्रम्पका ९ वटा नीतिहरुलाई उल्टाउने आदेशमा हस्ताक्षर गरेका छन् भने ८ वटा नयाँ आदेश र निर्देशन दिएका हुन् ।

प्रकाशित मिति : ८ माघ २०७७, बिहिबार  ९ : ०१ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क