२० मंसिर २०८२, शनिबार | December 6, 2025

राष्ट्रपति बाइडेनले उल्टाए ट्रम्प प्रशासनका ९ आदेश



एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले सपथग्रहण गरेको १२ घण्टा नबित्दै ट्रम्प प्रशासनले गरेका बिभिन्न आदेशहरु उल्टाउनुका साथै १५ वटा कार्यकारी आदेश र दुईवटा निर्देशनमा हस्ताक्षर गरेका छन् ।

पदभार ग्रहण गरेको केही घण्टाभित्रै उनले कोरोना महामारी नियन्त्रणका लागि अभियान तीव्र बनाउने कार्यकारी आदेश जारी गर्नाका साथै ट्रम्प प्रशासनले अख्तियार गरेका जलवायु परिवर्तन, आप्रवासन तथा जातीयसम्बन्धी नीति उल्ट्याइदिएका हुन् । विश्व स्वस्थ्य संगठनबाट बाहिरिने ट्रम्प प्रशासनको आदेश पनि बाइडेनले उल्ट्याईदिएका छन् ।

संचारकर्मीहरुकै अगाडि कोरोना महामारी, जलवायु परिवर्तन र आर्थिक सहायता सम्बन्धि तीनवटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका गरेका बाइडेनले एकघण्टामा १५ कार्यकारी आदेश र २ निर्देशनमा हस्ताक्षर गरिसकेका छन् ।

बाइडेनले संघीय भवन र भूभागहरुमा मास्क अनिवार्य गर्ने,एउटा राज्यबाट अर्को राज्यमा यात्रा गर्दा पनि मास्क अनिवार्य लगाउनुपर्ने, कम सुविधा पाइरहेको समुदायका लागि सहयोग बढाउने, पेरिस जलवायु सम्झौतामा पुन समावेश हुने लगायतका कार्यकारी आदेशमा राष्ट्रपति बाइडेनले हस्ताक्षर गरेका छन् ।

बाइडेनले अमेरिका पुन पेरिस सम्झौतामा संलग्न हुने सुचना राष्ट्रसंघ समक्ष पठाएका छन् । विश्वब्यापी तापमान बृद्धिलाई नियन्त्रण गर्ने यो सम्झौतामा सन् २०१५ मा हस्ताक्षर गरिएको थियो तर ट्रम्पले यो सम्झौताबाट अमेरिकालाई बाहिर निकालेका थिए ।

त्यसैगरि बाइडेनले ५ वटा अध्यागमन सम्बन्धि कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । बाल्यकालमा अमेरिका आएका कागजपत्रविहिनलाई संरक्षण प्रदान गर्ने डाका कार्यक्रमलाई सुदृढिकरण गर्ने तथा सातवटा मुस्लिम बाहुल्य देशका नागरिक माथि ट्रम्प प्रशासनले लगाएको यात्रा प्रतिबन्धलाई पनि बाइडेनले उल्टाउने कार्यकारी आदेश जारी गरेका छन् ।

त्यस्तै अमेरिकाभित्र अध्यागमन कारवाही गर्ने ट्रम्पको नीतिलाई पनि बाइडेनले कार्यकारी आदेशमार्फत उल्टाएका छन् । ट्रम्पले सिमानामा पर्खाल लगाउनका लागि जारी गरेको संकटकाललाई बाइडेनले उल्टाएका हुन् । ट्रम्पले सिमानामा पर्खाल लगाउन बजेट जुटाउने उद्देश्यले संकटकालको घोषणा गरेका थिए ।

त्यस्तै लाइबेरियनहरुको वर्क परमिट सन् २०२२को जुन ३० सम्म लम्बाउने र देशनिकालालाई पछाडि सार्ने कदममा पनि बाइडेनले हस्ताक्षर गरेका छन् ।

देशब्यापी रुपमा घरनिकालामा र घर लिलामीमा रोकलाई कम्तीमा मार्च ३१ सम्म थप गर्ने, संघीय विद्यार्थी ऋण भएका अमेरिकन विद्यार्थीको ऋण पेमेन्ट र ब्याज कम्तीमा सेप्टेम्बर ३० सम्म स्थगित गर्ने जस्ता कार्यकारी आदेश बाइडेन प्रशासनले तत्काल लागु गर्ने भएको छ ।

वातावरण सन्दर्भमा कीस्टोन पाइपलाइन खारेज गर्ने तथा वातावरणका सन्दर्भमा ट्रम्पले जारी गरेका एकसयभन्दा धेरै कदम पुनरावलोकन गर्न र उल्टाउन एजेन्सीहरुलाई निर्देशन दिने आदेशमा बाइडेनले हस्ताक्षर गरेका छन् । जातीय समानताको सुनिश्चित गर्न एजेन्सीहरुलाई दिइएको आदेशमा पनि बाइडेनले हस्ताक्षर गरेका छन् ।

बाईडेनको कार्यकारी आदेशमा यौन अभिमुखिकरण र लैंगिक आधारमा काममा हुने विभेद रोक्ने, जनगणनामा नागरिक बाहेक अन्य जनसंख्या समावेश गर्नुपर्ने तथा सांसदको संख्या निर्धारणमा नागरिक बाहेक अन्यको जनसंख्यालाई पनि गणना गर्नुपर्ने लगायतका बिषय समावेश छ ।

बाइडेनले ट्रम्पका ९ वटा नीतिहरुलाई उल्टाउने आदेशमा हस्ताक्षर गरेका छन् भने ८ वटा नयाँ आदेश र निर्देशन दिएका हुन् ।

प्रकाशित मिति : ८ माघ २०७७, बिहिबार  ९ : ०१ बजे

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल

जनकपुरबाट प्रचण्डले भने – “मधेशी जनताप्रतिको मेरो विश्वास अटल छ”

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेशी जनताप्रति

धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी ठोक्किए

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा सात वटा सवारी

अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छ : सभामुख घिमिरे

सुरुङ्गा । सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबीच अविश्वास

रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी

काठमा । नेपाल प्रिमियर लिग ९एनपिएल०को आजको खेलमा पोखरा एभेन्जर्सले