१८ फाल्गुन २०८२, सोमबार | March 2, 2026

दिल्ली क्यापिटल्सद्वारा सन्दीप लामिछाने फुकुवा



काठमाडौं । आगामी संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) का लागि नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई दिल्ली क्यापिटल्सले फुकुवा गर्ने निर्णय गरेको छ ।

योसँगै लामिछानेलाई सन् २०२१ को आइपिएलमा अन्य टोलीबाट खेल्ने बाटो खुलेको छ । आइपिएलका सबै फ्रेन्चाइज टोलीले फुकुवा हुने र अनुबन्ध हुने खेलाडीको नाम बुधबार सार्वजनिक गरेको थियो ।

आइपिएलको खेलाडी अनुबन्धन (अक्सन) आगामी फेब्रुअरी दोस्रो साता हुने बताइएको छ । लामिछानेलाई अब अर्को टोलीले आइपिएलका लागि लिने वा नलिने भन्नेबारे त्यही बेला टुङ्गो लाग्ने छ ।

दिल्लीले लामिछानेलाई सन् २०१८ को आइपिएलका लागि रु ३२ लाखमा पहिलोपटक टोलीमा अनुबन्ध गरेको थियो । त्यस वर्षको आइपिएलमा उनले तीन खेल खेल्ने मौका पाउँदा पाँच विकेट लिएका थिए । दोस्रो वर्ष सन् २०१९ को आइपिएलमा लामिछानेले छ खेलमा आठ विकेट लिएका थिए । तेस्रो वर्ष सन् २०२० को संस्करणमा भने उनलाई कुनैपनि खेलमा खेल्ने मौका दिइएन ।

दिल्लीले लामिछानेसँगै इङ्ग्ल्याण्डका जेसन रोय र भारतीय तीव्र गतिका बलर मोहित शर्मालाई पनि टोलीबाट फकुवा गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : ८ माघ २०७७, बिहिबार  ९ : ०२ बजे

भक्तपुर-२ का एमाले नेताकार्यकर्ता नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश

काठमाडौं । भक्तपुर क्षेत्र नं. २ अन्तर्गत विभिन्न स्थानीय तहका

भक्तपुरमा यसरी मनाइँदै छ फागुपर्व

भक्तपुर । वसन्त ऋतुको आगमनसँगै रङहरुको पर्वको रुपमा मनाइने फागुपर्व

आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशका केही भू-भागमा आज मौसममा आंशिक बदली देखिने

फागुपूर्णिमा आपसी प्रेम र एकताको एक विशिष्ट पर्व : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रङहरूको उत्सवका रूपमा

होलीले समाजका विकृति, विसङ्गति एवम् कुरीतिको अन्त्य गर्छ : मुख्यमन्त्री पाण्डे

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले होली (फागुपूर्णिमा) पर्वले