२३ आश्विन २०८३, शुक्रबार | October 9, 2026

बहुमत प्राप्त प्रधानमन्त्रीले सरकार चलाउन नसके पद छाडेर घर जानु या वन जानुको विकल्प छैन : गगन थापा



बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले अदालतमा गएर बहस गर्ने इच्छा जाहेर गरेका छन् ।

कांग्रेसले देशका ६ हजार ७ सय ४३ वडामा आयोजना गरेको विरोध कार्यक्रम अन्तर्गत बुटवलको सभालाई सम्बोधन गर्दै नेता थापाले अदालतमा गएर न्यायाधीसले सोधेको प्रश्नको जवाफ दिन इच्छा जाहेर गरेका हुन् ।

उनले बहसका क्रममा प्रधानन्यायाधीसले बहुमत प्राप्त प्रधानमन्त्रीले सरकार चलाउन नसक्ने अवस्थामा के हुन्छ रु भनेर प्रश्न गरेको भन्दै प्रधानमन्त्रीले सरकार चलाउन नसके पद छाडेर घर जानु या वन जानुको विकल्प नरहेको जवाफ दिन मन लागेको बताए ।

संविधानले प्रधानमन्त्रीले संसदको अधिकारमाथि नजर उठाएर हेर्ने अधिकार समेत नदिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले गरेको संसद विघटन असंवैधानिक नभएर अनाधिकृत भएको दाबी गरे ।

कांग्रेसले प्रतिनिधिसभा विघटनको कदमलाई असंवैधानिक भनेर निर्णय गरिसकेको बताउँदै नेता थापाले अदालतले संसद विघटनलाई संवैधानिक भनेपनि कांग्रेसले संवैधानिक नभन्ने ठोकुवा गरे ।

‘संविधान नशामा लट्ठ भएर लेखेको होईन, बिगतसँग पाठ सिकेर बहुमत भए पनि प्रधानमन्त्रीले संसद विघटन गर्न नपाउने गरि संविधान बनाएका हौं । जननिर्वाचित सरकारले ५ वर्ष सरकार चलाउन पाउने गरि संविधान लेखेका हौं’, नेता थापाले भने ।

प्रधानमन्त्रीले दुई तिहाई चाहिएकोले संसद विघटन गरेको बताएको भन्दै उनले प्रधानमन्त्रीले संविधानको कुन धारा परिवर्तन गर्न दुई तिहाई चाहिएको हो जवाफ दिनुपर्ने बताए ।

सर्वोच्चमा चलिरहेको बहस प्रति लक्षित गर्दै प्रतिनिधिसभा सदस्य समेत रहेका थापाले भने, ‘श्रीमानहरूलाई बाहिरी कुराले प्रभाव नपरोस्, खासखुस कुराले पनि प्रभाव नपरोस् मात्र संविधानले मात्र प्रभाव परोस् । दायाँबाँया हेरेर होईन संविधान टेकेर फैसला होस् । सर्वोच्चले सहि फैसला आउँछ, सहि बाटोबाट सहि समयमा चुनाव हुन्छ । गलत बाटोको चुनावमा जान कांग्रेस हतारिंदैन ।’ थापाले न्यायाधीसहरुलाई न्यायको धर्म नछाड्न आग्रह समेत गरे ।

संविधान निर्माणका बेला लामो बहसबाट स्थिर सरकार दिन संसद विघटनबाट प्रधानमन्त्रीलाई अलग गरिएको उल्लेख गर्दै अहिले संविधानसभाका अध्यक्ष प्रधानमन्त्रीको लाज छोप्न आफु नाङ्गिएको आरोप लगाए । उनको संकेत संविधानसभा अध्यक्ष सुवास नेम्वाङतर्फ केन्द्रित थियो ।

उनले नेकपा प्रचण्ड९नेपाल पक्षलाई कटाक्ष गर्दै प्रधानमन्त्रीलाई बिगार्न ‘हामी यहाँ छौ’ भन्नेहरू पनि जिम्मेवार रहेको बताए । राष्ट्रपतिले लामो समय देखि नेकपा पार्टीको गुट चलाईरहंदा नबोल्नेहरू अहिले सडकमा बसेर गुहार मागिरहेको टिप्पणी गरे ।

नेता थापाले प्रधानमन्त्रीसँग योग्यता नभएको अहंकार मात्र रहेको बताउँदै लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा प्रधानमन्त्रीको फोटो कपि झल्किने टिप्पणी गरे ।

पूर्व स्वास्थ्यमन्त्री समेत रहेका कांग्रेस नेता थापाले कोरोना महामारीमा भारतले कालापानीमा बदमासी गर्दा सिंङ्गो संसदले एकमतले प्रधानमन्त्रीलाई दाबी सहित नक्सा सार्वजानिक गर्न निर्देशन दिएको स्मरण गर्दै प्रधानमन्त्रीले त्यतिबेला कागजी नक्साले केहि गर्दैन भन्दै भूमि फिर्ता ल्याउने गफ दिएको बताए । प्रधानमन्त्रीले आफै कागज भनेको नक्सालाई हतियार बनाएर राष्ट्रका लागि घातक काम गरेको थापाको भनाइ छ ।

प्रकाशित मिति : ८ माघ २०७७, बिहिबार  ५ : ४० बजे

उखु किसानलाई एक अर्ब ५० करोड अनुदान

काठमाडौं । सरकारले उखु किसानलाई रु एक अर्ब ५० करोड

पोखरामा स्कुल बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु, १४ जना घाइते

पोखरा । पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान भएको स्कुल बस

शिक्षा नियमावली : शिक्षकलाई गाडी किन्न सहुलियत

काठमाडौं । शिक्षकलाई सवारीसाधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

पोखरा । पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना

नेपाली कांग्रेसको नेतृत्व चयन गर्न मतदान जारी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका