२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

गगन थापाको टिप्पणी – ‘प्रधानमन्त्री बालेन्द्र हेट्स प्राइभेट सेक्टर’



काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाह निजी क्षेत्रप्रति सकारात्मक नरहेको टिप्पणी गरेका छन् । सरकारका पछिल्ला निर्णय र प्रधानमन्त्रीका सार्वजनिक अभिव्यक्तिहरूले निजी क्षेत्रप्रतिको दृष्टिकोण स्पष्ट हुने उनको दाबी छ ।

गिरिजाप्रसाद कोइराला फाउन्डेसनले शुक्रबार आयोजना गरेको संस्थाको ‘समीक्षा तथा भावी योजना’ विषयक कार्यक्रममा बोल्दै थापाले प्रधानमन्त्री शाहको आर्थिक नीति र प्राथमिकतामाथि प्रश्न उठाएका हुन् ।

‘अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन,’ थापाले भने, ‘मेरो आफ्नो बुझाइमा हि हेट्स प्राइभेट सेक्टर ।’

आफूले अनुमानका आधारमा यस्तो टिप्पणी नगरेको स्पष्ट पार्दै थापाले प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्ति र सरकारी निर्णयहरूलाई त्यसको आधारका रूपमा प्रस्तुत गरे ।

उनले दुग्ध विकास संस्थान, हेटौँडा कपडा उद्योग र नेपाल औषधि लिमिटेडलगायत सरकारी उद्योग सञ्चालनसम्बन्धी सरकारका निर्णयलाई देशको समग्र आर्थिक नीतिसँग जोडेर हेर्नुपर्ने बताए ।

‘ती कारखाना चलून्, मुनाफा कमाऊन्, मेरो शुभेच्छा छ,’ उनले भने, ‘त्यसका बारेमा टिप्पणी होइन ।’

तर, राज्य आफैंले उद्योग सञ्चालन गर्नेभन्दा निजी क्षेत्रलाई विश्वास गर्दै लगानीको वातावरण निर्माण गर्ने नीति आवश्यक रहेको थापाको भनाइ थियो । देशको अर्थतन्त्र कुन दिशामा लैजाने भन्ने विषयमा प्रधानमन्त्रीले स्पष्ट नीति र प्राथमिकता तय गर्नुपर्ने उनले बताए ।

थापाले २०४६ सालपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले खुला, उदार तथा बजारमुखी अर्थतन्त्रको बाटो रोजेको स्मरण गर्दै त्यसले निजी क्षेत्रको विस्तार र आर्थिक विकासका लागि आधार निर्माण गरेको दाबी गरे ।

‘प्राइममिनिस्टरले कतातिर जाने भन्ने निर्णय गर्ने हो । कुन बाटोतिर लाने भन्ने निर्णय गर्ने हो,’ उनले भने, ‘गिरिजाप्रसाद कोइरालाको सरकारले निजी क्षेत्र र बजारलाई विश्वास नगरेको भए आर्थिक विकासको आधार निर्माण हुनै सक्दैनथ्यो ।’

सरकारको मुख्य भूमिका आफैं व्यवसाय सञ्चालन गर्नु नभई निजी क्षेत्रका लागि लगानीको अनुकूल वातावरण तयार गर्नु रहेको थापाले बताए । उनले स्थिर र स्पष्ट आर्थिक नीति, निजी लगानीको प्रोत्साहन तथा बजारमुखी वातावरण निर्माणलाई सरकारले प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २६ भदौ २०८३, शुक्रबार  १ : ४७ बजे

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

नयाँ दिल्ली । ब्रिक्स शिखर सम्मेलनका लागि नयाँदिल्लीमा कडा सुरक्षा

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ७० अर्बको निक्षेप संकलन गर्दै

काठमाडौं । बैंकिङ प्रणालीमा रहेको थप तरलता व्यवस्थापन गर्न नेपाल

सुनको मूल्य तोलामा ४ हजार ८०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा

प्रतिनिधिसभामा सांसदहरुको प्रश्न – पैसा नहुने आमाले सडकमै वच्चा जन्माउनुपर्ने हो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तोसिमा कार्कीले आमा सुरक्षा

चितवनबाट ग्यास सिलिन्डर धमाधम काठमाडौंमा

चितवन । चितवनका ग्यास व्यवसायीले भरिएका  सिलिन्डर धमाधम काठमाडौं पठाइरहेका