२३ आश्विन २०८३, शुक्रबार | October 9, 2026

लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग



काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले मधेस तथा थरुहट आन्दोलनका क्रममा भएका घटनाबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै थापाले २०७४ सालदेखि लगभग हरेक वर्ष लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने आवाज उठ्दै आए पनि अहिलेसम्म त्यसो हुन नसकेको बताएका छन्।

राजनीतिक दलहरूले सरकारमा जानुअघि प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता जनाउँदै आए पनि सरकारमा पुगेपछि त्यसलाई कार्यान्वयन गर्न नसकेको कमजोरीसमेत उनले स्वीकार गरेका छन्।

‘२०७४ सालदेखि लगभग हरेक वर्ष यसरी नै लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने आवाज उठ्दै आएको छ। हरेक पटक हामी राजनीतिक दलहरूले सरकारमा जानुअघि प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता जनायौं, तर सरकारमा पुगेपछि त्यसलाई कार्यान्वयन गर्न सकेनौं,’ थापाले भनेका छन्, ‘अब त एक दशक बित्न लागिसक्यो।’

२०७३ सालमा गठन भएको सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले प्रतिवेदन बुझाएको लामो समय बितिसक्दा पनि सार्वजनिक हुन नसकेको भन्दै थापाले घटनाको सत्यतथ्य बाहिर ल्याउन र पीडितलाई न्याय दिलाउन प्रतिवेदन सार्वजनिक गर्नुपर्ने बताएका छन्।

उनले विगतका सरकारहरूले प्रतिवेदन सार्वजनिक गर्न नसकेको विषयलाई अहिले पनि प्रतिवेदन रोकिराख्ने कारण बनाउन नहुने स्पष्ट पारेका छन्।

‘विगतका सरकारबाट पनि यो काम हुन सकेन। तर विगतको कमजोरी आज पनि प्रतिवेदन सार्वजनिक नगर्ने कारण बन्न सक्दैन, बन्नु हुँदैन,’ थापाले लेखेका छन्, ‘यसपटक यो विषय प्रतिबद्धतामा मात्र सीमित नहोस्।’

थापाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई अब थप ढिलाइ नगरी लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न आग्रह गरेका छन्।

‘अब थप विलम्ब नगरी लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिदिनुहोस्,’ उनले भनेका छन्।

प्रतिवेदन सार्वजनिक हुनु नागरिकको सत्य जान्ने अधिकार र घटनाबाट पीडितहरूको न्याय प्राप्त गर्ने अधिकारसँग जोडिएको विषय भएको थापाको भनाइ छ।

‘सत्य जान्ने अधिकार नागरिकको हो, न्याय पाउने अधिकार पीडितको हो,’ उनले आफ्नो धारणा सार्वजनिक गर्दै भनेका छन्।

प्रकाशित मिति : ८ भदौ २०८३, सोमबार  ११ : ५२ बजे

कक्रोच जनता पार्टीको आन्दोलन चर्कियो, दिल्लीमा २० हजारभन्दा बढी प्रहरी तैनाथ

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा कक्रोच जनता पार्टीले फेरि

सशस्त्र एआईजी दाहाललाई सेवाबाट बर्खास्ती सम्मको सिफारिस

काठमाडौं । सशस्त्र प्रहरी बलका निलम्बित एआईजी वंशीराज दाहाललाई कारबाहीको

लुम्बिनीमा प्रादेशिक फोहोरमैला व्यवस्थापन नीति बनाउने पहल

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले फोहोरमैला व्यवस्थापनलाई व्यवस्थित, वैज्ञानिक र

कोरलानाकाबाट ५४३ टन फलफूल आयात, कन्टेनरभित्रै थन्किँदा कुहिने जोखिम

मुस्ताङ । चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।