४ चैत्र २०८२, बुधबार | March 18, 2026

आजको मौसम : पहाडी क्षेत्रको मौसममा आंशिक बदली, बाँकी क्षेत्रको मौसम सामान्यतया सफा



काठमाडौं । हाल देशभरको मौसममा प्रभाव पार्ने उल्लेखनीय मौसमी प्रणालीको उपस्थिति छैन । हाल देशका पहाडी भू-भागको मौसममा आंशिक बदली रहेको छ ।

आज काठमाडौंको न्युनतम तापक्रम ६ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम १७ डिग्री सेल्सियस रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो देशका पहाडी भू-भागको मौसममा आंशिक बदली हुने सम्भावना रहेको छ । देशका बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहने छ।

बिहानीपख तराईका केही भू-भागका थोरै स्थानहरुमा हुस्सु् र कुहिरो लाग्ने संभावना देखिएको विभागले जनाएको छ । आज राती सुदूरपश्चिम र कर्णाली प्रदेशको मौसममा आंशिकदेखि सामान्य वदली हुने सम्भावना रहेको छ ।

प्रदेश न १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागको मौसममा आंशिक बदली रहने सम्भावना छ । देशका बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार  ६ : ४६ बजे

राजनीतिक दललाई जनताले ३६ वर्ष कुरे, हामीलाई ३६ महिना पनि कुर्दैनन् : सभापति लामिछाने

ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

खोटाङ हेलिकोप्टर दुर्घटनाका पाइलटसहित सबै यात्रु सकुशल : एयर डाइनेस्टी

काठमाडौं । एयर डाइनेस्टी हेली सर्भिसेज प्रा।लि।ले खोटाङमा बुधबार भएको

सडक आश्रित मानवमुक्त घोषणा गर्दै कामपा

काठमाडौं । काठमाडौं महानगरपालिकाबाट करिब आठ वर्षको अवधिमा दुई हजार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बस्ने

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। आगामी

देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन रास्वपा सांसदहरूलाई रविको निर्देशन

ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निर्वाचनमा