१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

पोखराको औद्योगिक विकासमा निजी क्षेत्रको समान धारणा



पोखरा । पोखराको औद्योगिक विकासमा निजी क्षेत्रको समान धारणा हुनुपर्नेमा बिहीबार यहाँ आयोजित एक कार्यक्रममा जोड दिइएको छ ।

पोखरा उद्योग वाणिज्य सङ्घको नवनिर्वाचित कार्यसमितिको सम्मानार्थ पोखरा औद्योगिक क्षेत्र उद्योग सङ्घ तथा पोखरा औद्योगिक क्षेत्र व्यवस्थापन सङ्घ कास्कीद्वारा आयोजित स्वागत कार्यक्रममा वक्ताहरूले समान धारणाका साथ अघि बढ्दा अपेक्षित सफलता हासिल हुने बताए ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण कोइरालाले औद्योगिक, कृषि र आवास क्षेत्रको वर्गीकरणमा सरकार चुक्दा विभिन्न समस्या आउने गरेको बताए । हिजो औद्योगिक क्षेत्र खाली क्षेत्रमा बनाइएको तथ्य पेश गर्दै उनले उद्योगले रोजगारी दिँदा नै ती क्षेत्रमा बस्ती बढेको उल्लेख गरे ।

औद्योगिक क्षेत्रले पोखराको विकासमा दिएको योगदान महत्वपूर्ण रहेको चर्चा गर्दै कोइरालाले पोखराको कोत्रेमा प्रस्तावित नयाँ औद्योगिक क्षेत्र स्थापनार्थ सङ्घले सरोकारवाला निकायसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

पोखरा औद्योगिक क्षेत्र व्यवस्थापन समितिका प्रमुख भूषणप्रसाद उपाध्यायले पोखरा औद्योगिक क्षेत्रबाट प्रदूषण भयो भन्ने गुनासो नाजायज भएको बताउँदै उद्योगले प्रदूषण नियन्त्रणमा सक्दो योगदान दिएको धारणा राखे ।

पोखरा उद्योग वाणिज्य सङ्घका उद्योगतर्फका उपाध्यक्ष गोकर्ण कार्कीले उद्योग र वाणिज्य क्षेत्रको विकाससँगसँगै हुनुपर्नेमा जोड दिए । पोखरा औद्योगिक क्षेत्र उद्योग सङ्घका सल्लाहकार चन्द्रराज राजभण्डारी, सल्लाहकार तथा सीएनआइका अध्यक्ष विनोद न्यौपाने, पोखरा औद्योगिक क्षेत्र उद्योग सङ्घका अध्यक्ष सुरेशबहादुर श्रेष्ठ, सङ्घका सचिव सुरेन्द्रबहादुर गोदारलगायतले सहकार्यमा नै बल हुने बताउँदै निजी क्षेत्रको आवाज सधैँ एक हुनुपर्नेमा जोड दिए । रासस

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार  ७ : ५८ बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर