११ भदौ २०८३, बिहिबार | August 27, 2026

‘माउन्ट केटु’को कीर्तिमानी आरोहीलाई पाकिस्तानी राष्ट्रपतिले दिए भेटेरै बधाई



काठमाडौं । हिउँदे सिजनमा विश्वको दास्रो सर्वोच्च शिखर ‘माउन्ट केटु’ को सफल आरोहण गरेर विश्वकीर्तिमान कायम गरेका नेपाली पर्वतारोहीलाई पाकिस्तानका राष्ट्रपतिले बधाई दिएका छन् ।

राजधानी इस्लामावादस्थित राष्ट्रपति कार्यालय परिसरमा राष्ट्रपति अरिफ अल्झिले नेपाली पर्वतारोहीलाई भेट गरेरै बधाई दिएका हुन् ।

पाकिस्तानी राष्ट्रपति कार्यालय विदेशी देशका सर्वसाधारणको पहुँच हुँदैन । तर, पाकिस्तानी राष्ट्रपतिले नेपाली पर्वतारोहीसँग प्रत्यक्ष संवाद गरेका छन् ।

त्यसक्रममा राष्ट्रपति अल्भीले यस उपलब्धीले नेपाल र पाकिस्तानबीचको मित्रता हिमालय भन्दा उचो भएको भन्दै यस आरोहणले पाकिस्तानको सफ्ट इमेज र पर्यटनलाई प्रवद्र्धन गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेको राष्ट्रपति कार्यालयले ट्वीट गरेर जनाएको छ । अहिलेसम्म कसैले आँट गर्न नसकेको हिउँदे सिजनमा माउन्ट केटुको आरोहण गरेर नेपाल र पाकिस्तान दुवै देशको शीर उच्च बनाएको पनि राष्ट्रपति अल्भीले बताएका छन् ।


त्यसक्रममा केही दिनअघि मात्र ओहोदाको प्रमाणपत्र बुझाएका पाकिस्तानका लागि नेपाली राजदूत तपस अधिकारीको पनि उपस्थिति रहेको थियो ।

८ हजार ६११ मिटर अग्लो माउन्ट केटुमा अहिलेसम्म कुनै पनि आरोहीले हिउँदे सिजनमा आरोहण गर्ने आँट समेत गरेका थिएनन् । तर, केही दिन अघि नेपालका १० आरोहीले यो हिमालको सफल आरोहण गरेर विश्व कीर्तिमान कायम राखेका छन् । आरोहीमध्ये निर्मल पूर्जाले त विना अक्सिजन आरोहण सफल बनाएका हुन् ।

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार  ११ : ०९ बजे

सम्पर्कविहीन पत्रकार टेकराज थामीको खोजी कार्यलाई तीव्रता दिन आग्रह

काठमाडौं । नेपाल पत्रकार महासङ्घले रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका

बाढी प्रभावित क्षेत्र निरीक्षण गर्न चिनियाँ प्रधानमन्त्री ली छ्याङ केरुङ पुगे

काठमाडौँ । चीनका प्रधानमन्त्री ली छ्याङ बाढीबाट प्रभावित तिब्बतको केरुङ

तिब्बत-नेपाल बाढी पछि २८८ भारतीय सम्पर्कविहीन : भारतीय विदेश मन्त्रालय

नयाँदिल्ली । तिब्बत हुदैँ नेपाल पसेको प्रलयकारी बाढीमा परी २८८

भोटेकोशी बाढी : वीरमा ५ र ट्रमा सेन्टरमा १८ घाइतेको उपचार हुँदै

काठमाडौं । रसुवामा बुधबार बिहान गएको बाढीमा परी घाइते भएका

भोटेकोशी बाढी : हालसम्म २ सय ८९ जनाको मृत्यु, ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण बिहीबार दिउँसो १४:३०