४ बैशाख २०८१, मंगलबार | April 16, 2024

‘माउन्ट केटु’को कीर्तिमानी आरोहीलाई पाकिस्तानी राष्ट्रपतिले दिए भेटेरै बधाई



काठमाडौं । हिउँदे सिजनमा विश्वको दास्रो सर्वोच्च शिखर ‘माउन्ट केटु’ को सफल आरोहण गरेर विश्वकीर्तिमान कायम गरेका नेपाली पर्वतारोहीलाई पाकिस्तानका राष्ट्रपतिले बधाई दिएका छन् ।

राजधानी इस्लामावादस्थित राष्ट्रपति कार्यालय परिसरमा राष्ट्रपति अरिफ अल्झिले नेपाली पर्वतारोहीलाई भेट गरेरै बधाई दिएका हुन् ।

पाकिस्तानी राष्ट्रपति कार्यालय विदेशी देशका सर्वसाधारणको पहुँच हुँदैन । तर, पाकिस्तानी राष्ट्रपतिले नेपाली पर्वतारोहीसँग प्रत्यक्ष संवाद गरेका छन् ।

त्यसक्रममा राष्ट्रपति अल्भीले यस उपलब्धीले नेपाल र पाकिस्तानबीचको मित्रता हिमालय भन्दा उचो भएको भन्दै यस आरोहणले पाकिस्तानको सफ्ट इमेज र पर्यटनलाई प्रवद्र्धन गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेको राष्ट्रपति कार्यालयले ट्वीट गरेर जनाएको छ । अहिलेसम्म कसैले आँट गर्न नसकेको हिउँदे सिजनमा माउन्ट केटुको आरोहण गरेर नेपाल र पाकिस्तान दुवै देशको शीर उच्च बनाएको पनि राष्ट्रपति अल्भीले बताएका छन् ।


त्यसक्रममा केही दिनअघि मात्र ओहोदाको प्रमाणपत्र बुझाएका पाकिस्तानका लागि नेपाली राजदूत तपस अधिकारीको पनि उपस्थिति रहेको थियो ।

८ हजार ६११ मिटर अग्लो माउन्ट केटुमा अहिलेसम्म कुनै पनि आरोहीले हिउँदे सिजनमा आरोहण गर्ने आँट समेत गरेका थिएनन् । तर, केही दिन अघि नेपालका १० आरोहीले यो हिमालको सफल आरोहण गरेर विश्व कीर्तिमान कायम राखेका छन् । आरोहीमध्ये निर्मल पूर्जाले त विना अक्सिजन आरोहण सफल बनाएका हुन् ।

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार  ११ : ०९ बजे

दुई तेस्रो लिङ्गीसहित इलाम-२ मा पाँच सय ४७ मतदाता थपिए

इलाम । यही वैशाख १५ गते हुने इलाम-२ को उपनिर्वाचनका

भोजपुरको सन्तानेश्वर मन्दिर संरक्षणमा जुटे स्थानीय

भोजपुर । जिल्लाको पौवादुङमा गाउँपालिका-५ सुप्लाको दोस्रो हलेसी मानिएको चारढुङ्गे

कार्यवाहक अर्थमन्त्रीको जिम्मा नारायणकाजीलाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थ मन्त्रीको कार्यभार परराष्ट्रमन्त्री

रवि लामिछाने सहकारी प्रकरण : अनुसन्धानमा २ करोड ऋण लिएको देखियो, अभियोग लागेन

बुटवल । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीबाट उपप्रधान एवं

प्रधानमन्त्री प्रचण्ड र नेता खनालबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका नेता