४ बैशाख २०८१, मंगलबार | April 16, 2024

पर्वतारोहणमा नयाँ इतिहास : नेपाली १० आरोहीद्वारा हिउँदेयाममा ‘माउन्ट केटु’को सफल आरोहण



काठमाडौं । नेपालका पर्वतारोहीहरूले हिउँदेयाममा विश्वकै दोस्रो अग्लो हिमालको सफल आरोहण गर्न सफल भएका छन् । १० जना नेपाली पर्वतारोहीले पाकिस्तानमा रहेको माउन्ट केटु को सफल आरोहण गरेका हुन् ।

अहिलेसम्म हिउँदे सिजनमा कसैले आरोहण गर्न नसकेकोमा नेपाली पर्वतारोहीले इतिहास रचेको रेडियो पाकिस्तानले ट्वीटमार्फत जनाएको छ ।

नेपालका १० जना पर्वतारोहीले शनिबार पाकिस्तानस्थित केटु हिमालको आरोहण गरी इतिहास रचेका छन् ।

माउन्ट केटु को उचाई ८ हजार ६११ मिटर रहेको छ । आठ हजार मिटरभन्दा माथिका अन्य सबै हिमालमा हिउँदमा पनि आरोहण भैसकेको छ ।

सेभेन समिट ट्रेक्सका छाङ दावा शेर्पाको नेतृत्वमा रहेको सो आरोहण टिम पाकिस्तान पुगेको थियो । तर उनी भने आधार शिविरमा बसेका थिए ।

पाकिस्तानको समय बिहान ५:४५ मिनेटमा आरोहण गरेको थियो ।

आरोहण टिमका सदस्यहरूमा दावा तेम्बा शेर्पा, दावा तेन्जिङ शेर्पा, निर्मल पुर्जा, मिङ्मा जी शेर्पा, मिङ्मा डेभिड शेर्पा, मिङ्मा तेन्जी शेर्पा, गेल्जे शेर्पा, पेमछिरी शेर्पा, किलुपेम्बा शेर्पा, सोना शेर्पा रहेका छन् ।

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार  ८ : २० बजे

बुटवलको सिद्धार्थ कटेजलाई थ्रि स्टार स्टीकर प्राप्त

बुटवल । सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी प्रालिद्धारा संचालित बुटवलको

सुदूरपश्चिममा एकीकृत समाजवादीको यूटर्न, लक्ष्मणकिशोरलाई दिएको समर्थन फिर्ता

धनगढी । सुदूरपश्चिममा एकीकृत समाजवादीले यस अघि लक्ष्मणकिशोर चौधरीलाई दिएको

कतारले साउदी अरेबियालाई हराएपछि नेपाल बन्यो समुह विजेता

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत कतारले साउदी अरेबियालाई पराजित

जरिवाना तिर्न ट्राफिक कार्यालय जानुपर्ने बाध्यता हट्दै

काठमाडौं । ट्राफिक नियम उल्लङ्घनबापत जरिवाना तिर्न सेवाग्राहीलाई ट्राफिक कार्यालयसम्म

नेप्से परिसूचक आज पनि ओरालो लाग्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज