१७ असार २०८३, बुधबार | July 1, 2026

इजलासमा पेश गरे महान्यायाधिवक्ता खरेलले प्रतिनिधिसभा विघटनसम्बन्धी सूचनाको राजपत्र



काठमाडौं । सरकारले रातारात प्रतिनिधिसभा विघटनसम्बन्धी सूचना राजपत्रमा प्रकाशित गरेर सर्वोच्च अदालतको संवैधानिक इजलासमा पेश गरेको छ ।

महान्यायाधिवक्ता अग्नि खरेलले प्रतिनिधिसभा विघटन सम्बन्धी सूचना प्रकाशन गरिएको राजपत्र शुक्रबार इजलाससमपक्ष पेश गरेका हुन् ।

बिहीबार अधिवक्ता ओमप्रकाश अर्याल र वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले सरकारले राजपत्रमा सूचना प्रकाशित नगरेको विषय उठाएपछि इजलासभित्र सोधखोज गरेको थियो ।

राजपत्रको विषय उठेपछि चिया ब्रेकको समयमा इजलास छोडेका महान्यायाधिवक्ता खरेल त्यसपछिको बहसका क्रममा उपस्थितै भएका थिएनन् । राजपत्रमा सूचना प्रकाशित गर्नका लागि दौडधुप गरेका खरेलले रातारात सूचना प्रकाशित गराएर शुक्रबार आजको इजलाससमक्ष पेश गरेका हुन् ।

तर, महान्यायाधिवक्ता खरेलले राजपत्र बुझाएपछि न्यायाधीस अनिलकुमार सिन्हाले बिहीबार आफूले खोज्दा राजपत्र नभेटेको स्पष्ट पारेका छन् । न्यायाधीस सिन्हाले राजपत्रको कुरा उठेपछि आफुले पीएलाई खोज्न लगाएपनि अनालाइनमा समेत नभेटिएको बताए ।

अहिले मुद्दाको सुनुवाइ सुरु जारी छ । रिट निवेदकतर्फका कानुन व्यवसायी बहसमा छन् ।

 

 

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार  १२ : ३१ बजे

घट्यो पेट्रोल, डिजल/मट्टितेल, ग्यास र हवाई इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने

काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा

गृह मन्त्रालयद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौँ । देशभर सञ्चालित होटल, रेष्टुरेण्टहरूका खानाको गुणस्तर र स्वच्छताको

स्रोत नखुलेको नेपाली र भारतीय नोट सहित भारतीय नागरिक पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले श्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँ

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट हुने क्षति कम गर्ने चुनौती

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्य राजमार्ग र सडकमा दैनिक सवारी