२६ श्रावण २०८३, मंगलबार | August 12, 2026

घमाहा खोलाको डाइभर्सन बाढीले बगायो, बुटवल-गोरुसिंगे सडक अवरुद्ध



बुटवल । बुटवल-गोरुसिंगे सडकखण्डअन्तर्गत रुपन्देहीको सैनामैना नगरपालिका स्थित घमाहा खोलामा बनाइएको डाइभर्सन बाढीले बगाएपछि पूर्व-पश्चिम राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको छ ।

केही महिनाअघि पुल भासिएपछि उक्त स्थानमा डाइभर्सनमार्फत सवारी सञ्चालन हुँदै आएको थियो । तर, निरन्तरको वर्षापछि आएको बाढीले डाइभर्सन बगाएसँगै सडक पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय सालझण्डीका इन्स्पेक्टर सागर घलेका अनुसार सवारी साधनलाई हाल वैकल्पिक लामो मार्ग प्रयोग गराइएको छ । डाइभर्सन पुनः निर्माणका लागि सडक डिभिजन कार्यालयसँग समन्वय भइरहेको उनले बताए ।

प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ आउने लामो दूरीका सवारीसाधन गोरुसिंगे-तौलिहवा-भैरहवा हुँदै भूमही रुट प्रयोग गरिरहेका छन् । त्यसैगरी पूर्वबाट पश्चिमतर्फ जाने सवारीसाधन भूमही-भैरहवा-लुम्बिनी-तौलिहवा-गोरुसिंगे हुँदै गन्तव्यतर्फ पठाइएको छ ।

गत वर्षदेखि विस्तारको क्रममा रहेको बुटवल-गोरुसिंगे सडकखण्डमा निर्माण कार्य सुस्त हुँदा यात्रुले लामो समयदेखि धुलो, हिलो र ट्राफिक जामको सास्ती खेप्दै आएका छन् । बाढीले डाइभर्सन बगाएपछि यात्रुहरू थप समस्यामा परेका छन् ।

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार  ८ : २३ बजे

India to Provide Rs 803 Million Grant for 8 Community Projects in Nepal

Kathmandu, August 11: The Government of India will provide grant

भारतको ८० करोड ३० लाख अनुदानमा नेपालमा ८ सामुदायिक विकास परियोजना सञ्चालन हुँदै

काठमाडौँ । भारत सरकारको अनुदान सहयोगमा नेपालका शिक्षा, स्वास्थ्य र

एमाले र नेकपाद्वारा प्रदेश सरकारमा मन्त्रालय बाँडफाँटको आधार तय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी

विद्युतीय एम्बुलेन्स र शव वाहनमा कर छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालन

सरकारी कागजातलाई ‘डिजिटाइज’ गरी सुरक्षित राखिनुपर्ने

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारी कागजातलाई ‘डिजिटाइज’ र