७ आश्विन २०८३, बुधबार | September 23, 2026

राजा महाराजालाई तह लगायौं, ओलीलाई तह लगाउन सकेनौं : प्रचण्ड



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीलाई तह लगाउन नसकेकोमा आत्मालोचना गरेका छन् ।

प्रचण्डनेपाल पक्षीय नेकपाद्वारा काठमाडौंमा शुक्रबार आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले तीन वर्षसम्म ओलीलाई तह लगाउन नसकेकोमा आत्मालोचना गरेका हुन् ।

प्रचण्डले विभिन्न उपायहरु लगाउँदा पनि ओलीलाइ सच्चाउन नसकेको स्वीकार गर्दै वाम गठबन्धनको घोषणाअनुसार काम गर्न नसकेको बताए ।

प्रधानमन्त्री पदका लागि जे पनि सहमति गर्ने तर कार्यान्वयन नगर्ने ओली प्रवृत्ति रहेका कारण घोषणापत्रअनुसारको काम अघि नबढेको उनले बताए । यद्यपी, आफुहरुको प्रयासभने सुरु देखि नै कार्यान्वयन गराउने मै रहेको उनको भनाइ थियो ।

सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘सत्ता प्राप्तपछि सहमतिअनुसार एउटा पनि काम नगर्ने लक्षण देखिएको थियो । हामीले त्यसका विरुद्ध बहस गरेका थियौ । आज के भन्न चाहन्छु भने हामीले यो तीन वर्षमा केपीलाई तह लगाउन सकेनौं । केपीलाई सम्झाई–बुझाई गरेर उदारतापूर्व उहाँका कतिपय कुरा मान्दा देश अगाडि जाने हो कि भनेर सोच्यौं । त्यो तरिकाले केपी ओली प्रवृत्तिलाई ठिक गर्न सकिने रहेनछ ।’

उनले राजा महाराजालाई फाले पनि ओली विरुद्ध उदार रुपमा प्रस्तुत हुनु नै आफुहरुको कमजोरी भएको स्वीकार गरे ।

ओलीले प्रतिनिधि सभा मात्र नभई शान्ति प्रक्रिया र संघीय व्यवस्था नै विघटन गर्न खोजेको आरोप लगाए । प्रचण्डले भने, ‘केपी ओलीले संविधानविरुद्ध प्रतिनिधि सभा विघटन गरेको मात्र नभई शान्ति प्रक्रिया र संघीय व्यवस्था नै विघटन गर्न खोजेका छन्,’तर त्यस्तो कदमलाई यो जनसागरले त्यसलाई पराजित गर्नेछ।’

सभामा उपस्थिति देखेर सन्तुष्ट देखिएका प्रचण्डले जनसागरलाई अदालतले पनि हेर्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार  ४ : २० बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११