७ चैत्र २०८२, शनिबार | March 21, 2026

बागमती प्रदेशसभामा अविश्वास प्रस्ताव कार्यबिधिका बिषयमा प्रचण्ड-नेपाल र केपी ओली पक्षबीच विवाद



काठमाडौं । बागमती प्रदेशसभामा पेश भएको मुख्यमन्त्रीका विरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा मत विभाजन प्रक्रियाबारे सत्तारुढ दल नेकपाका प्रचण्ड–नेपाल र केपी ओली पक्षबीच विवाद भएको छ ।

अविश्वासको प्रस्ताव टुंगो लगाउन र मत विभाजन प्रक्रियालाई सहज बनाउन बनाईएको कार्यविधि मस्यौदा समिति भित्रै कार्यविधिका बिषयमा विबाद भएको हो ।

ओली पक्षका सांसदहरू गणेश दुलाल, केशवराज पाण्डे, प्रचण्ड–नपाल पक्षका सांसदहरू राजेन्द्र पाण्डे, कञ्चन खनाल र बुद्धिमान माझीबीच मत विभाजनको प्रक्रियाबारे विवाद भएको हो

बैठकमा सहभागी एक सांसदका अनुसार ओली पक्षका सांसदहरूले अविश्वासको प्रस्ताव निर्माण र मतविभाजनको प्रक्रियालाई लिएर बैठक लम्ब्याउन खोजेका छन् भने प्रचण्ड–नेपाल पक्षले तत्काल कार्यविधि टुंग्याउन जरुरी रहेकोतर्फ जोड दिइरहेका छन् । दुई समूहबीच कार्यविधि निर्माण र प्रक्रियाबारे फरक मत भएपछि विवाद सिर्जना भएको हो ।

नौ सदस्यीय कार्यविधि मस्यौदा समितिको बैठकले नेपाली कांग्रेसका सचेतक छिरिङदोर्जे लामालाई संयोजक तोकेको छ । लामाले मस्यौदा निर्माण अन्तिम चरणमा पुगेको भए पनि कार्यव्यवस्था समितिमा थप छलफल गर्न बाँकी रहेको जानकारी दिए । लामाका अनुसार कार्यव्यवस्था समितिमा संसदीय दलका नेताहरूसँग छलफल गरेर मात्र अविश्वासको प्रस्ताव उपरहुने कारवाही सहितको मत विभाजनको अन्तिम मस्यौदा सभामुखलाई हस्तान्तरण गरिनेछ ।

आगामी प्रदेश सभाको बैठकअघि कार्यव्यवस्था परामर्श समितिमा मस्यौदा छलफलका लागि उपलब्ध गराइने कार्यविधि समितिको तयारी छ ।

अविश्वासको प्रस्ताव टुंग्याउने प्रक्रियाअन्तर्गत मत विभाजनलाई सहज बनाउन सभामुख श्रेष्ठकै अगुवाइमा नौ सदस्यीय कार्यविधि मस्यौदा निर्माण समिति गठन गरिएको थियो ।

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार  ९ : १३ बजे

बुटवल-नारायणगढ सडक अवरुद्ध

नवलपरासी । वर्षाका कारण सडक चिप्लो भएपछि सवारी पार हुन

‘अमेरिकी सुरक्षा ग्यारेन्टी’बारे दुबईजस्ता शहरहरूको भ्रम कसरी भयो चकनाचूर !

पछिल्ला केही दशकमा, जब लेबनानमा बम वर्षा भइरहेको थियो, इराकमा

बैतडीमा ट्रक दुर्घटना, चालकसहित चारजना घाइते

बैतडी । जयपृथ्वी राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकसहित चार जना

परम्परा जोगाउन बारीका पाटामा सेफहरूको ‘वनभात’

काठमाडौं । शुक्रबार बिहान १०ः०० बजेतिर नागार्जुनको बारीको पाटामा एउटा

कांग्रेसद्वारा ‘ईद उल फित्र’ पर्वको शुभकामना

काठमाडौं । नेपाली कांग्रेसले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व ‘ईद उल