२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

जगन्नाथ गाउपालिकाको हिउदे अधिवेशन सम्पन्न



बाजुरा । बाजुरा जिल्ला को पुर्विउत्तरी भेगमा रहेको जगन्नाथ गाउपालिकाको हिउदे अधिबेशन सम्पन्न भएको छ । आठौ गाउसभा तथा हिउदे अधिवेशन विभिन्न नीतिगत निर्णय गर्दै आज सम्पन्न भएको हो ।

अधिवेशनले पुँजीगत तर्फ ( संघ बिषेश) २ करोड ७० लाख,संघ समपुरक तर्फ १ करोड ३८ लाख,प्रदेश विषेश तर्फ ६९ लाख,प्रदेश समपुरक तर्फ १ करोड ५५ लाख,संघ समानीकरण तर्फ ७ करोड ५८ लाख तथा प्रदेश समानिकरण तर्फ ६९ लाख ८१ हजार गरी कुल जम्मा १४ करोड ५९ लाख ८५ हजार बराबरको बजेट प्रस्ताव गरेको छ । ।

चालु तर्फ –संघको राजश्व,प्रदेश राजश्व र आन्तरिक स्रोत गरि ६ करोड ३८ लाख ९४ हजार तथा ३० प्रतिशत चालु खर्च र ७० प्रतिशत पुँजिगत खर्चमा रकम विनियोजन गरेको छ । यो खर्चमा शिक्षा,स्वास्थ्य लगायत अन्य शिर्षकको ससर्तको रकम ८ करोड ९३ लाख,प्रधानमन्त्री रोजगार कार्यक्रमको १ करोड ४३ लाख ९३ हजार ,बहुक्षेत्रिय पोषणको २१ लाख र सामाजिक सुरक्षाको २ करोड ३५ लाख समावेश गरिएको छैन ।

गाउपालिकाको गाउसभाले ढुङ्गा,गिट्टी वालुवाकाको नयाँ राजश्वको दररेट समेत निर्धारण गरेको छ ।
चालु आ.व. २०७७।२०७८ मा वडा नं १ देखि ६ सम्म विनियोजन गरिएका योजनाहरु मध्ये खानेपानी योजना १८,सिंचाई कुलो १२,सडक निर्माण १० र अन्य सार्वजनिक निर्माण ३२ गरि कुल ७२ योजनाहरुको डिजायन इष्टमेट तयार भई १६ वटाको सम्झौता भई काम संचालनमा रहेका गाउपालिका अध्यक्ष काली बहादुर शाहीले बताए । उनले भने अवको दुई वर्ष भित्र जगन्नाथ गाउपालिकालाई समृद्ध गाउँपपालिका बनाउने र जिल्ला कै नमुना गाउँपालिको रूपमा चिनाईने अध्यक्ष शाहीले बताए ।

प्रकाशित मिति : १० माघ २०७७, शनिबार  ९ : ५७ बजे

करदाता प्रोत्साहन कार्यक्रमः शुक्रबार उपहार घोषणा गरिने

काठमाडौँ । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको सम्पूर्ण

लक्षित वर्गका बिरामीलाई निःशुल्क उपचार गर्न ‘फोकल पर्सन’

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लक्षित वर्गका नागरिकलाई

पच्चीस वर्षपछि यसरी नाफामा फर्कियो नेपाल औषधि लिमिटेड

काठमाडौं । एकदशक अगाडिसम्म कर्मचारीको तलब दिन नसक्ने अवस्थामा पुगेको

भारतमा मुख्यधारका सञ्चारमाध्यमप्रति अविश्वास बढ्दो

नयाँदिल्ली । भारतमा गत महिना भएको युवा नेतृत्वको विरोध प्रदर्शनले

देउवा साउन २६ मा स्वदेश फर्किने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन