११ बैशाख २०८१, मंगलबार | April 23, 2024

बँदेलको आक्रमणबाट चार घाइते



बझाङ । जङ्गली बँदेलको आक्रमणबाट एकै दिन चार जना घाइते भएका छन् । जिल्लाको बुङ्गल नगरपालिका-३ का चार जनालाई जङ्गली बँदेलले आक्रमण गरी घाइते बनाएको छ ।

घाइते हुनेमा बुङ्गलको पारिमेला बस्ने अन्दाजी २३ वर्षीय बिर्जित कुँवर, सोही वडाका ईश्वरकाँडाका २१ वर्षीया सङ्गीता बोहरा र २५ वर्षीया पिरमजला बोहरा बँदेलको आक्रमणमा परी घाइते भएका हुन् ।

अर्का व्यक्तिको भने नाम खुलाएको छैन । खेतमा गहुँ खान आएको बँदेललाई धपाउँदै गर्दा उल्टै झम्टिएको स्थानीयवासीले बताएका छन् । आक्रमणमा परी कुँवरको दायाँ खुट्टामा घाउ लागेको छ भने आक्रमणपछि खेतबाट करिव ५० मिटर तल लडेका छन् ।

पिरमजलाको खुट्टा र पिठ्युमा सङ्गीताको हातखुट्टा र पिठ्युमा चोट लागेको छ । उनीहरुको खोल्लेक स्वास्थ्य कार्यालयमा प्राथामिक उपचार गरिएको छ । कुँवरको भने बुङ्गल फार्मेसीमा उपचार भइरहेको स्थानीयवासी सुरेश कुँवरले जानकारी दिए ।

प्रकाशित मिति : ११ माघ २०७७, आइतबार  ६ : ४९ बजे

सांस्कृतिक र पर्यटन उपभोग प्रवर्द्धन गर्न चीनको पहल सुरु

गुआङझोउ । चीनमा सांस्कृति तथा पर्यटन मन्त्रालयले सांस्कृति तथा पर्यटन

६ नेपाली महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान

काठमाडौं । मलेसियाको सुपर वुमेन्स कप खेल्ने ६ नेपाली राष्ट्रिय

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलको भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग रुसको चेम्बर्स अफ

लोकतन्त्र दिवसको सान्दर्भिकता

काठमाडौं । आज १८ औँ लोकतन्त्र दिवस । तत्कालीन राजा

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौं

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको