२१ बैशाख २०८३, सोमबार | May 4, 2026

बँदेलको आक्रमणबाट चार घाइते



बझाङ । जङ्गली बँदेलको आक्रमणबाट एकै दिन चार जना घाइते भएका छन् । जिल्लाको बुङ्गल नगरपालिका-३ का चार जनालाई जङ्गली बँदेलले आक्रमण गरी घाइते बनाएको छ ।

घाइते हुनेमा बुङ्गलको पारिमेला बस्ने अन्दाजी २३ वर्षीय बिर्जित कुँवर, सोही वडाका ईश्वरकाँडाका २१ वर्षीया सङ्गीता बोहरा र २५ वर्षीया पिरमजला बोहरा बँदेलको आक्रमणमा परी घाइते भएका हुन् ।

अर्का व्यक्तिको भने नाम खुलाएको छैन । खेतमा गहुँ खान आएको बँदेललाई धपाउँदै गर्दा उल्टै झम्टिएको स्थानीयवासीले बताएका छन् । आक्रमणमा परी कुँवरको दायाँ खुट्टामा घाउ लागेको छ भने आक्रमणपछि खेतबाट करिव ५० मिटर तल लडेका छन् ।

पिरमजलाको खुट्टा र पिठ्युमा सङ्गीताको हातखुट्टा र पिठ्युमा चोट लागेको छ । उनीहरुको खोल्लेक स्वास्थ्य कार्यालयमा प्राथामिक उपचार गरिएको छ । कुँवरको भने बुङ्गल फार्मेसीमा उपचार भइरहेको स्थानीयवासी सुरेश कुँवरले जानकारी दिए ।

प्रकाशित मिति : ११ माघ २०७७, आइतबार  ६ : ४९ बजे

बुटवलबाट ४३ लाख बढीको भेपसहित १ जना पक्राउ

बुटवल । रुपन्देही प्रहरीले बुटवलबाट ठुलो परिमाणमा हुक्काको भेप सहित

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

गुल्मी । यहाँको छत्रकोट गाउँपालिकाले आजदेखि नयाँ प्रशासनिक भवनबाट सेवा

खजुरा क्षेत्रको राजमार्ग फराकिलो बनाउन माग गर्दै स्थानीयबासीको ज्ञापनपत्र

खजुरा । बाँके खजुराका स्थानीयबासीले नेपालगन्ज-गुलरिया सडक खण्डको खजुरा बजार

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हुरीबताससहित भारी वर्षा

बुटवलमा दोस्रो संस्करणको राष्ट्रिय महिला फुटबल प्रतियोगिता बैशाख २६ गतेदेखी

बुटवल । बीस पचहत्तर युवा परिवार बुटवलको आयोजनामा दोस्रो संस्करणको