४ बैशाख २०८३, शुक्रबार | April 17, 2026

स्वास्थ्यकर्मीलाई बुधबारदेखि कोरोना संक्रमणविरुद्ध खोप लगाइने



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी बुधबारदेखि स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणविरुद्ध खोप लगाउने योजना बनाएको छ ।

बुधबारदेखि कोरोनाविरुद्धको खोप अभियान शुभारम्भ गर्ने तयारी थालेको स्वास्थ्य मन्त्रालयले खोप अभियान तथा व्यवस्थापनका लागि सातवटै प्रदेशका लागि संयोजक तोकेको छ । प्रदेश स्वास्थ्य निर्देशकसँग समन्वय गरी खोप अभियान र व्यवस्थापनलाई सहज बनाउन सातै प्रदेशमा संयोजक तोकिएको हो ।

प्रदेश १ मा स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोखरेल, प्रदेश २ मा उपचारात्मक सेवा महाशाखाका निर्देशक डा. मदनकुमार उपाध्याय, बाग्मती प्रदेशमा मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. गुणराज लोहनी, गण्डकी प्रदेशमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमलाई संयोजक तोकिएको छ ।

यस्तै लुम्बिनी प्रदेशमा मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. विकास देवकोटा, कर्णाली प्रदेशमा राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. अनुज भट्टचन र सुदूरपश्चिम प्रदेशमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेललाई संयोजकका रूपमा खटाइएको छ । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : ११ माघ २०७७, आइतबार  ७ : १९ बजे

संसदीय दलको नेता चयन गर्न कांग्रेस सांसदहरुको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न पार्टीका

बुटवलमा ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षणका लागि उपमहानगरपालिका र प्रदेश जनस्वास्थ्य प्रयोगशालाबीच सम्झौता

बुटवल । बुटवल उपमहानगरपालिका र प्रदेश जनस्वास्थ्य प्रयोगशाला तामनगरबीच ज्येष्ठ

दुई दिनको बिदाले पर्यटन व्यवसायी उत्साहित, आर्थिक क्षेत्र चलायमान हुने विश्वास

पोखरा । सरकारले आइतबार सार्वजनिक बिदा थप गरेपछि पर्यटन व्यवसायी

कोरियाबाट फर्किएका कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग

काठमाडौं । कोरियाली अन्तरराष्ट्रिय सहयोग नियोग (कोइका)ले दक्षिण कोरियाबाट फर्किएका

नेपाल-लिथुआनिया सम्बन्ध सुदृढीकरणबारे छलफल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि लिथुआनियाका गैरआवासीय राजदूत