४ पुस २०८२, शुक्रबार | December 19, 2025

सर्लाहीमा पेस्तोलसहित एक जना पक्राउ



सर्लाही । सर्लाहीको कविलासीबाट प्रहरीले हतियारसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाहीको गोडैता नगरपालिका-८ का ५० वर्षीय अरुण मिश्र रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए ।

मिश्रलाई कविलासी नगरपालिका-१० चमेलीमाईबाट हतियारसहित पक्राउ गरिएको प्रहरी उपरीक्षक राठौरले जानकारी दिए । “उनको साथबाट ७.६५ एमएम लेखिएको एक थान पेस्तोल बरामद भएको छ । आवश्यक अनुसन्धान जारी छ”, प्रहरी उपरीक्षक राठौरले भने ।

छिमेकी देश भारतसँग खुला सिमाना रहेको प्रदेश नं २ का जिल्लामा आपराधिक गतिविधि गर्न पछिल्लो समय साना हतियार भित्रिने क्रम जारी रहेपछि प्रहरीले जिल्लाको सुरक्षा संयन्त्रलाई थप कडाइ गरेको छ ।

प्रकाशित मिति : ११ माघ २०७७, आइतबार  ८ : ०४ बजे

भैरहवाको मौसम प्रतिकूल भएपछि भरतपुर हुँदै रुपन्देही जाँदै रवि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भैरहवाको मौसम

मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी

बुटवल । नेपाल मेडिकल काउन्सिलका उपाध्यक्ष तथा सदस्य पदका लागि

जेनजी अगुवा पुरुषोत्तम यादव रास्वपामा आबद्ध

काठमाडौं । ‘जेनजी’ अभियानका अगुवा पुरुषोत्तम यादव राष्ट्रिय स्वतन्त्र पार्टी

देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ

पाटन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले देशभर स्थानीय

योजना र नतिजा विश्लेषण बिनाको खर्चले राज्यप्रति विश्वास घट्यो : उद्योगमन्त्री सिन्हा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले योजना, प्राथमिकता