२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

टेक्सासमा बाढीपीडित नेपालीको सहयोगार्थ सांगीतिक तथा सांस्कृतिक कार्यक्रम हुँदै



टेक्सास । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूको सहयोगार्थ अमेरिकाको टेक्सासस्थित टेम्पलमा आगामी अक्टोबर ३ मा विशेष सांगीतिक तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ ।

लामो समयदेखि अमेरिकामा रहँदै आएका व्यवसायी तथा गीतकार रवि किरण अधिकारी, व्यवसायी रोशन श्रेष्ठ र विक्रम डोटेलको पहलमा आरबीआर इन्टरटेनमेन्टको आयोजनामा कार्यक्रम हुन लागेको हो ।

कार्यक्रममा नेपाल आइडलको पहिलो सिजनका टप टेन प्रतिस्पर्धी अफसर अली तथा कलाकार आशिष संग्रौलाको विशेष सांगीतिक प्रस्तुति रहनेछ ।

हाल अमेरिकामा अध्ययनरत रुपन्देहीका अफसर अलीले नेपालका विभिन्न कर्पोरेट इभेन्ट तथा महोत्सवमा हजारौँ सांगीतिक प्रस्तुति दिइसकेका छन् । उनको सांगीतिक ब्यान्ड ‘अफसर अली एण्ड द मिराज’ पनि स्टेज प्रस्तुतिका लागि लोकप्रिय रहँदै आएको थियो ।

नेपालका साथै विदेशका विभिन्न सांगीतिक मञ्चमा समेत प्रस्तुति दिइसकेका अलीले टेम्पलमा आयोजना हुने कार्यक्रममा विशेष प्रस्तुति दिने आयोजकले जनाएको छ ।

कार्यक्रममा नेपाली समुदायसँगै भारतीय समुदायको समेत सहभागिता रहनेछ । स्थानीय कलाकारहरूबाट विभिन्न नृत्य तथा सांस्कृतिक प्रस्तुतिसमेत गरिने आयोजक पक्षले जनाएको छ ।

आयोजकका अनुसार कार्यक्रमबाट प्राप्त नाफा रकम नेपालका बाढीपीडित परिवारको सहयोगका लागि पठाइनेछ । विपद्मा परेका नेपालीको सहयोगका लागि विभिन्न समुदायलाई एकै ठाउँमा जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो ।

संगीत, नृत्य तथा सांस्कृतिक प्रस्तुतिसहित आयोजना हुने कार्यक्रममा टेम्पल तथा आसपासका नेपाली, भारतीय समुदायका साथै संगीतप्रेमीहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २ आश्विन २०८३, शुक्रबार  ८ : ०९ बजे

बुद्ध-परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको दक्षिण-पूर्वी भेगका प्रमुख ऐतिहासिक, धार्मिक तथा पर्यटकीय

भोटेकोशी बाढी : छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

सुनसरी । इटहरी उपमहानगरपालिका-४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा

१५ किलोमा लेदो खसेपछि नारायणगढ-मुग्लिन सडक एकतर्फी

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको १५ किलो नजिकै माथिबाट लेदो खसेपछि

प्रधानमन्त्री शाहले राष्ट्रियसभामा दुई निकायको वार्षिक प्रतिवेदन पेस गर्ने

काठमाडौं । सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज बस्दैछ । अपराह्न