१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

नाभाल्नीको समर्थनमा रूसमा प्रदर्शन, हजारौं पक्राउ



एजेन्सी । रूसमा जेलमा रहेका विपक्षी नेता एलेक्सी नाभाल्नीको समर्थनमा प्रदर्शन चर्किएको छ । प्रदर्शनका क्रममा रुसी प्रहरीले ३ हजार भन्दा बढी प्रदर्शनकारीहरुलाई पक्राउ गरेको छ ।

प्रदर्शन चर्किएपछि रूसी प्रहरीले राजधानी मस्कोमा सर्वसाधारणलाई घरभित्रै रहन निर्देशन दिएको छ । नाभाल्नी निकटका थुप्रैलाई प्रदर्शन अगाडि नै गिरफ्तार गरिएको छ । गत आइतवार जर्मनीबाट स्वदेश फर्केका विपक्षी नेता नाभाल्नी पुटिनका कटु आलोचक मानिन्छन् ।

नाभाल्नीलाई विमानस्थलमा गिरफ्तार गरेपछि उनका समर्थकहरूले सामाजिक सञ्जालमार्फत आयोजना गरेको प्रदर्शन रुसका ६० शहरमा भएको बताइएको छ । शनिबार पक्राउ पर्नेहरूमा नाभाल्नीकी धर्मपत्नीसहितका नाभाल्नीका निकट सहयोगीहरू भएका प्रदर्शनकारी समूहले बताएको छ ।

रूसी विपक्षी नेता एलेक्सी नाभाल्नी पाँच महिना पहिले रूसको ओम्स्कबाट मस्कोका लागि एक विमानमा आउने क्रममा अकस्मात विरामी परेको रिपोर्टपछि उनको विमानलाई आकस्मिक अवतरण गराई प्राथमिक उपचार गरिएको थियो ।

पछि उनको उपचारका लागि परिवारको आग्रहमा जर्मनीले इच्छा देखाएपछि गत अगस्टमा बर्लिन लगिएको थियो । त्यहाँ उपचारका क्रममा उनको खानामा बेहोस पार्ने सोभियतकालीन रसायन नोभिचोकको प्रयोग गरिएको दावी जर्मन ल्याबहरूले गरेका छन् ।

करिब पाँच महिनाको जर्मनी बसाई र उपचारपछि उनी बर्लिनबाट नियमित उडानमार्फत् गत हप्ता रूसी राजधानी मस्को फर्केका थिए । ४४ वर्षीय नाभाल्नीलाई विमानस्थलको पासपोर्ट चेकजाँच कक्षबाट प्रहरीले हिरासतमा लिएको बिबिसीले जनाएको छ ।

प्रकाशित मिति : ११ माघ २०७७, आइतबार  ८ : ३० बजे

युवा उद्यमी मञ्च रुपन्देहीको आयोजानमा पहिलो ‘बिटुबि कन्टेक्ट २०२४’

बुटवल । नेपालमै पहिलो पटक रुपन्देहीमा शनिवार (भोली)’बिटुबि कन्टेक्ट २०२४’

निरजलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि

काठमाडौं । कोर्स रेकर्ड बराबरी गर्दै समग्रमा ८-अन्डर २ सय

भुतुङ्ग-छापचौर तराई सम्पर्क समाजको शुभकामना आदान प्रदान

बुटवल । भुतुङ्ग-छापचौर तराई सम्पर्क समाजको आयोजनामा शुभकामना आदान प्रदान

जनताका मुद्धालाई केन्द्रमा राख्दै कम्युनिष्ट आन्दोलनलाई एकतातर्फ लैजानुपर्छ : अध्यक्ष नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार

धरौटीमा रिहा गर्ने आदेश भएको एक सातापछि दिपेश पुन धरौटी बुझाएर रिहा

बुटवल । सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलन प्रकरणमा