१० चैत्र २०८२, मंगलबार | March 25, 2026

राजपत्रको विषयलाई लिएर इजलासमै बाझाबाझ, प्रधानन्यायाधीसले गरे हस्तक्षेप



काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी संवैधानिक इजलासमा सुनुवाइ सुरु हुनुअघि राजपत्रमा प्रकाशित सूचनालाई लिएर पक्ष विपक्षबीच इजलासमै केही बेर नोकझोंक परेको छ ।

सरकारले पुरानो मिति राखेर प्रतिनिधिसभा विघटनसम्बन्धी राष्ट्रपतिलेले सदर गरेको सूचना प्रकाशित गरेको भन्दै त्यसको छानविन गर्न निवेदन परेपछि वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले त्यसबारे बोल्न दुई मिनेट समय मागेका थिए । त्यसपछि, महान्यायाधिवक्तासहितको सरकारी पक्ष र रिट निवेदकको तर्फका वकिलहरुबीच बाझाबाझैको अवस्था आएको थियो । सरकारी वकिलहरुले बीचबीचमा निवेदनहरु घुसाएर बहस नगर्न भनेका थिए ।

वरिष्ठ अधिवक्ता श्रेष्ठले बोल्न समय मागेपछि सुरु भएको बाझाबाझलाई रोक्न प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराले हस्तक्षेप गरेका थिए । इजलासले निवेदनको विषयमा पछि आफ्नो पालामा मात्रै कुरा राख्न भनेपछि दुवै पक्ष साम्य भएका थिए ।

प्रतिनिधि सभा विघटनसम्बन्धी सूचना छापिएको राजपत्रको आधिकारिकता जाँच्न माग गर्दै नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड(नेपाल समूहका नेताहरू कृष्णभक्त पोखरेल, शशि श्रेष्ठ, रामकुमारी झाँक्रीलगायतले आइतबारै सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

प्रतिनिधिसभा विघटनसम्बन्धी सूचनालाई पुष ५ गते नै राजपत्र सरकारले बिहीबार रातारात प्रकाशित गरेर शुक्रबार मात्रै संवैधानिक इजलाससमपक्ष पेश गरेको थियो । पुष ५ को मितिमा राजपत्र प्रकाशित भएपनि वास्तवममा माघ ८ गते बिहीबार राति मात्रै सो राजपत्र प्रकाशित भएको थियो । र, भोलिपल्ट बिहान शुक्रबार मात्रै वेवसाइटमा अपलोड भएको थियो । ढिलो अपलोड गरेको प्रमाण प्रष्टसँग देख्न सकिन्छ । सामान्यता राजपत्र प्रकाशित भएलगत्तै वेवसाइटमा अपलोड गर्ने गरिन्छ ।

सरकारका कुनै पनि निर्णय नेपाल राजपत्रमा प्रकाशित नभएसम्म वैधानिक मानिँदैन । बिहीबार वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई र अधिवक्ता ओमप्रकाश अर्यालले राजपत्रको विषयमा कुरा उठाएपछि इजलासमा रहेका महान्यायाधिवक्ता रातोपिरो बनेका थिए । इजलासमा चिया समयपछि वेपत्ता भएका उनी भोलिपल्ट बिहान एकैचोटी रातारात छापिएको राजपत्र बोकेर पुष ५ गतेको भन्दै इजलासलाई बुझाएका थिए । यद्यपी, न्यायाधीस अनिलकुमार सिन्हाले महान्यायाधिवक्तालाई आफुले समेत राजपत्र खोज्दा कतै नपाएको बताएका थिए ।

 

 

 

प्रकाशित मिति : ११ माघ २०७७, आइतबार  १२ : ४३ बजे

कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा मृत भेटिएका ठूलो सङ्ख्याका

काठमाडौँलगायत देशका विभिन्न जिल्लामा वर्षा

काठमाडौँ । पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण

तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी

काठमाडौँ । आर्थिक रूपमा विपन्न नागरिक र ज्येष्ठ नागरिकको निःशुल्क

हरेक शैक्षिकसत्रमा पाठ्यपुस्तक परिवर्तन नगर्न निजी विद्यालयलाई उपमहानगरको निर्देशन

कैलाली । निजी बिद्यालयहरुले हरेक वर्ष पाठ्यपुस्तक परिवर्तन गर्दै अभिभावकहरुलाई

बुटवलमा दलित जनप्रतिनिधिको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम

बुटवल । बुटवल उपमहानगरका दलित जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास अभिमुखीकरण