१ पुस २०८२, मंगलबार | December 16, 2025

नेपालमा भएको परिवर्तन उल्ट्याउन सक्ने खिलराजको खोजी हुँदैछ : वर्षमान पुन



काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल पक्षका स्थायी कमिटीका सदस्य वर्षमान पुनले प्रधानमन्त्री केपी ओली वैधानिक प्रधानमन्त्री नभएको बताएका छन् । आदीवासी जनजाती महासंघको सदस्यहरुलाई बुटवलमा प्रशिक्षण दिँदै नेता पुनले संबिधानमा प्रतिनिधिसभा सदस्य बाहिरका ब्यक्ति प्रधानमन्त्री बन्न नपाउने व्यवस्था गरेकाले प्रतिनिधिसभा भंग गर्दा ओली वैधानिक प्रधानमन्त्री हन नसक्ने बताएका हुन् ।

पूर्व उर्जामन्त्री समेत रहेका नेता पुनले साढे ३ महिनामा निर्वाचन हुनै नसक्ने ठोकुवा गर्दै बैशाख पछि ओलीको बाँकी रहेको बैधता पनि सकिने जिकीर गरे । ‘जसले ओलीलाई उकासेर अस्थिरता ल्याउन खोजेको हो, उसैले बैशाखपछि प्रधानमन्त्री केपी ओलीलाई मुलढोकाबाट होईन झ्यालबाट टिपेर मिल्काउने छ, नेपालमा नयाँ खेलराज रेग्मीको खोजी गर्ने छ ।’ उनले भने, ‘जसले देशमा परिवर्तन चाहेका छैनन्, जसले लोकतन्त्र, संघीय गणतन्त्र, धर्मनिरपेक्षता चाहेका छैनन् उनीहरुले यी सबै फेर्न सक्ने नयाँ खिलराज खोज्नेछन् ।’

संसद विघटनको कदम केपी ओली एक्लैलले चालेको कदम नभएको दाबी गर्दै उनले राष्ट्रिय अन्तराष्ट्रिय शक्तिको मिलोमतो र सेटिङमा ओलीले संसद विघटन गरेको बताए । एमसीसी पास गर्न नदिएपछि शक्ति केन्द्रहरुले नेपालमा अस्थिरता ल्याउन अहिलेको कदम चाल्न लगाएको पुनको भनाई छ । एमसीसी पास हुने अवस्था नदेखिएपछि बिदेशी मिडीया आएर केपीलाई जबरजस्ती राष्ट्रबादी बनाईदिने र मुलुकको स्थिरतासंग खेल्ने काम गरेको आरोप लगाउंदै पुनले नेपालमा परिवर्तन, विकास र स्थिरता नचाहने देशी बिदेशी शक्तिहरुले केपीलाई माया गरेको बताए ।

नेता पुनले ओलीको असंवैधानिक कदमका विरुद्धमा ३ सय बढी लोकतान्त्रिक र प्रगतिशिल विचारका वकिलहरुले बहस गर्दा ओलीले वकिल नपाएर राजाबादी वकिल खोजेर बहस गराएको टिप्पणी गरे । नेपालमा लोकतन्त्र, परिवर्तन, विकास चाहने सबैले ओलीको कदमका विरुद्ध रहेको दाबी गर्दै उनले लोकतन्त्रका लागि लडेका सबै बर्ग, तह र तप्का ओली कदमको बिरोधमा जाँदा ओली र ओली समर्थकले सोँच्न आवश्यक रहेको बताए ।

प्रकाशित मिति : ११ माघ २०७७, आइतबार  ६ : ०९ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष