१८ फाल्गुन २०८२, सोमबार | March 2, 2026

तिलोत्तमा सम्पन्न दोस्रो उपमेयर महिला भलिबल प्रतियोगिताको उपाधि कुवरवर्तीलाई



बुटवल । तिलोत्तमा सम्पन्न दोस्रो उपमेयर रनिङ शिल्ड खुल्ला महिला भलिबल प्रतियोगिता-२०७७ को उपाधि कुवरवर्ति माविले हात पारेको छ ।

तिलोत्तमा नगर खेलकुद विकास समितिको आयोजना तथा मणिमुकुन्द भलिबल क्लबको संयोजकत्वमा योगिकुटीस्थित मणिमुकुन्द भलिबल कोर्टमा आईतबार भएको प्रतिस्पर्धात्मक फाईनल खेलमा एभरेष्ट माविलाई ३-० को सोझो सेटमा पराजित गर्दै उपाधि चुमेको हो ।

उपाधिसंगै कुवरवर्ती रनिङ शिल्ड, नगद ५५ हजार रुपैया, ट्रफि, मेडल, प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता एभरेष्ट मावि (रातो) भने नगद ३५ हजार रुपैया, ट्रफि, मेडल, प्रमाणपत्रमा चित्त बुझायो । एभरेस्ट मावि (सेतो) तृतिय हुदै नगद २० हजार रुपैया, ट्रफि, मेडल, प्रमाणपत्र तथा न्यु होराईजन मावि सान्त्वना हुँदै नगद १० हजारसहित ट्रफि, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ ।

यसैगरि प्रतियोगितामा विद्यागत रुपमा बेष्ट प्लेयर अफ द टुर्नामेन्ट कुवरवर्तीकी भावना डागी घोषित हुदै नगद ३ हजार, ट्रफि, प्रमाणपत्रबाट पुरस्कृत भए ।

प्रतियोगितामा बेष्ट स्पाईकर कुवरवर्तिकी कै शर्मिला नेपाली, बेष्ट सटर एभरेस्टकी जस्मा महतो, बेष्ट सर्भर एभरेस्टकी निर्भा सारु, बेष्ट डिफेन्स कुवरवर्तिकी मोनिका विष्ट, बेष्ट ब्लकर एभरेस्टकि बबिता बिसि, नव उदयमान सिद्धार्थकी एलिना चौधरी, बेष्ट डिसिप्लिन अफ टुर्नामेन्ट न्यु होराईजनकी रश्मि पुन, उत्कृष्ट प्रशिक्षक कुवरवर्तीका मिलन राना घोषित हुदै पुरस्कृत भए ।

एक कार्यक्रमका बिच तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरी चौधरी, तिलोत्तमा नगरपालिका शिक्षा शाखा प्रमुख गंगाराम आचार्य, प्रवक्ता सरेन्द्र श्री, नगर खेलकुद विकास समितिको अध्यक्ष राजेन्द्र गुरुङ, शंकरनगर सामुदायिक वनका अध्यक्ष राम गिरि, मणिमुकुन्द भलिबल क्लबका अध्यक्ष लोकेन्द्र भण्डारी, क्लबका संरक्षक सुरेन्द्र गरुङले विजयी टिम, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार बितरण गरेका थिए ।

प्रकाशित मिति : ११ माघ २०७७, आइतबार  ६ : २६ बजे

इजरायल–इरान द्वन्द्व मध्यपूर्व क्षेत्रभरि फैलियो

इजरायलले इरान समर्थित हिजबुल्लाहका लक्ष्यहरूमा लेबनानभरि व्यापक बमबारी गरेपछि इजरायल,

आगामी आर्थिक वर्षको राजस्व नीति माथि सुझाव माग

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत अवलम्बन गरिने

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि

होलीको शुभकामना दिँदै प्रचण्डले भने-‘हाम्रो एक मतले देश जोगिन्छ, भविष्यको बाटो तय गर्छ’

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक

निष्पक्ष निर्वाचनका लागि सम्यक सञ्चार

काठमाडौँ । विकसित देशहरुमा मतदाताले आफ्ना उम्मेदवारहरुसँग प्रायः सञ्चारमाध्यम (मिडिया)