१५ असार २०८३, सोमबार | June 30, 2026

प्रचण्ड-नेपाल नेकपाद्वारा प्रधानमन्त्री ओलीलाई साधारण सदस्यसमेत नरहने गरी निस्काशन



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी हटाएको छ ।

पार्टी कार्यालय परिसडाँडामा आइतबार बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको हो ।

बैठक पछि संचारकर्मीहरु सँग बोल्दै नेता नारायणकाजी श्रेष्ठले पार्टीको अध्यक्ष समेत रहेका ओलीलाई पार्टी अनुशासन उल्लंन गरेकोले कारबाही गरेको बताए।

प्रचण्ड-नेपाल समुहले गत पुष ५ गते स्थायी कमिटी बैठकबाट ओलीलाई पार्टी अध्यक्षबाट कारवाही गर्ने निर्णय गरेर केन्द्रीय कमिटी बैठकबाट अनुमोदन गरेको थियो । त्यसपछि ओलीलाई पार्टी अनुशासन उल्लंघन गरेको आरोप लगाउँदै माघ २ गतेको बैठकको निर्णयअनुसार माघ ५ गते साधारण सदस्यबाटसमेत निस्काशन गर्न तीन दिने स्पष्टीकरण सोधेको थियो ।

प्रधानमन्त्रीले  संसद विघटनगरे लगत्तै असन्तुष्ट बनेका  प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री ओलीलाई यसअघिको बैठकले कारबाही किन नगर्ने भनि स्पष्टीकरण सोधेको थियो ।

यस्तै स्थायी कमिटी बैठकले पार्टी केन्द्रीय कार्यालयको सचिवमा स्थायी कमिटी सदस्य गंगालाल तुलाधरलाई जिम्मेवारी दिने निर्णय पनि गरेको छ ।

प्रचण्ड नेपाल पक्षको स्थायी कमिटीको अर्काे बैठक दुई दिनपछि बस्ने भएको छ ।

प्रकाशित मिति : ११ माघ २०७७, आइतबार  ८ : ०४ बजे

पर्यटन प्रवद्र्धन र युवा-मैत्री नीति बनाउन होटल व्यवसायीको आग्रह

बुटवल । रुपन्देहीका होटल व्यवसायीहरूले पर्यटन क्षेत्रलाई चलायमान बनाउन र

विष्णु पौडेललाई पुनः म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति

मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा

म्याग्दी । म्याग्दी नदीको बाढी र कटानको जोखिममा रहेको बेनी

असार १५ : जुजु धौको माग उच्च

भक्तपुर । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको

राष्ट्रिय धान दिवस : ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत रोपियो धान

पाटन । ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत धान रोप्दै