१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

प्रचण्ड-नेपाल नेकपाद्वारा प्रधानमन्त्री ओलीलाई साधारण सदस्यसमेत नरहने गरी निस्काशन



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी हटाएको छ ।

पार्टी कार्यालय परिसडाँडामा आइतबार बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको हो ।

बैठक पछि संचारकर्मीहरु सँग बोल्दै नेता नारायणकाजी श्रेष्ठले पार्टीको अध्यक्ष समेत रहेका ओलीलाई पार्टी अनुशासन उल्लंन गरेकोले कारबाही गरेको बताए।

प्रचण्ड-नेपाल समुहले गत पुष ५ गते स्थायी कमिटी बैठकबाट ओलीलाई पार्टी अध्यक्षबाट कारवाही गर्ने निर्णय गरेर केन्द्रीय कमिटी बैठकबाट अनुमोदन गरेको थियो । त्यसपछि ओलीलाई पार्टी अनुशासन उल्लंघन गरेको आरोप लगाउँदै माघ २ गतेको बैठकको निर्णयअनुसार माघ ५ गते साधारण सदस्यबाटसमेत निस्काशन गर्न तीन दिने स्पष्टीकरण सोधेको थियो ।

प्रधानमन्त्रीले  संसद विघटनगरे लगत्तै असन्तुष्ट बनेका  प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री ओलीलाई यसअघिको बैठकले कारबाही किन नगर्ने भनि स्पष्टीकरण सोधेको थियो ।

यस्तै स्थायी कमिटी बैठकले पार्टी केन्द्रीय कार्यालयको सचिवमा स्थायी कमिटी सदस्य गंगालाल तुलाधरलाई जिम्मेवारी दिने निर्णय पनि गरेको छ ।

प्रचण्ड नेपाल पक्षको स्थायी कमिटीको अर्काे बैठक दुई दिनपछि बस्ने भएको छ ।

प्रकाशित मिति : ११ माघ २०७७, आइतबार  ८ : ०४ बजे

सुनको मूल्यले बनायो अहिले सम्मकै नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनको भाउले शुक्रबार अहिले सम्मकै नयाँ रेकर्ड

चीनको ‘जीडीआई’बाट नेपालले पनि लाभ लिनसक्छ : एमाले उपाध्यक्ष पौडेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले

महिला सशक्तिकरणको मुख्य आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख

जीर्ण महोत्तरी कारागारको तत्काल जीर्णोद्धार थाल्न सुझाव

महोत्तरी । महोत्तरी कारागार जीर्ण भएको छ । सङ्घीय संसद्को

पत्रकार महासंघको स्थापना दिवसको अवसरमा सभामुख घिमिरेले दिए शुभकामना

काठमाडौ. । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका पत्रकारहरुको साझा संस्था