४ चैत्र २०८२, बुधबार | March 18, 2026

आजको मौसम : उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात, १, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली



काठमाडौं । हाल देश भरको मौसममा पश्चिमी वायुको सामान्य प्रभाव कायम रहेको छ । हाल देशका पहाडी भू-भागको मौसममा आंशिक बदली रहेको छ ।

देशका बाँकी भू-भागको मौसम सामान्यतय सफा रहेको छ । आज काठमाडौंको न्युतम तापक्रम ६ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम १९ डिग्री सेल्सियस रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो देशका प्रदेश न. १, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागहरूको मौसममा आंशिक बदली रहने सम्भावना छ ।

देशका बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहने सम्भावना देखिएको छ । सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं. १ का उच्च पहाडी तथा हिमाली भू-भागका एक, दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यसैगरी आज राती प्रदेश नं. १ र गण्डकी प्रदेशका पहाडी भू-भागहरुको मौसममा आंशिक बदली रहने सम्भावना छ । देशका बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहने सम्भावना देखिएको छ।

प्रदेश नं. १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक, दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  ६ : ४५ बजे

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली

श्रीलङ्कामा रातको समय इभी चार्ज गर्न रोक

कोलम्बो । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन

कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा हुँदै

भक्तपुर । नेपाल बार एशोसिएशनको आयोजनामा कानुन व्यवसायी महिलाहरूको ३२औँ

राजनीतिक दललाई जनताले ३६ वर्ष कुरे, हामीलाई ३६ महिना पनि कुर्दैनन् : सभापति लामिछाने

ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

खोटाङ हेलिकोप्टर दुर्घटनाका पाइलटसहित सबै यात्रु सकुशल : एयर डाइनेस्टी

काठमाडौं । एयर डाइनेस्टी हेली सर्भिसेज प्रा।लि।ले खोटाङमा बुधबार भएको