१ पुस २०८२, मंगलबार | December 16, 2025

ओलीका अभिव्यक्तिले प्रधानमन्त्रीको गरिमालाई धुलिसात बनाए, ओली प्रवृत्ति लज्जास्पद : काँग्रेस



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले केपी शर्मा ओलीका अभिव्यक्तिले प्रधानमन्त्री जस्तो गरिमालाई धुलिसात बनाएको बताएको छ ।

प्रवक्ता शर्माको विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीका पछिल्ला कैयों अभिव्यक्तिले प्रधानमन्त्री पदको गरिमालाई धुलिसात बनाउँदै लगेका छन् । आफ्नो कदम विरुद्ध उठेका स्वर र समुदाय हरेकलाई होच्याउने र अपमान गर्ने कर्ममार्फत उहाँले तिनको भन्दा बढी आफ्नै मर्यादित जिम्मेवारीको अमर्यादित ढंगले अपमान गरिरहनुभएको छ । उहाँको यो प्रवृत्त दुःखद मात्रै होइन, जल्जास्पद पनि छ ।’

काँग्रेसले संसद विघटन विरुद्ध देशव्यापी उठेका स्वरहरुलाई अपमानित नगर्न प्रधानमन्त्री ओलीलाई चेतावनी दिएको छ । विज्ञप्तमा प्रवक्ता शर्माले भनेका छन्, ‘संसद विघटनको असंवैधाकि कदम विरुद्ध देशव्यापी रुपमा उठेका विरोधका स्वरहरुलाई देश विरोधी, देशद्रोही भनेर गैरजिम्मेवार ढंगले लान्छित गर्ने र समाजको कुनै पनि वर्ग, पेशा समुदायलाई लान्छित र अपमानित गर्ने ढंगले अभिव्यक्ति नदिन प्रधानमन्त्रीजीलाई नेपाली काँग्रेस कडा चेतावनी दिन चाहन्छ ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिले उनमा अधिनायकवादी आकांक्षालाई थप उजागर गरेको उल्लेख गरेका छन्। प्रवक्ता शर्माले कुनै पनि संग र स्वरुपको अधिनायकवाद विरुद्ध संघर्षमा उभिनु देशभक्तहरुको जिम्मेवारी कर्तव्य र पहिचान प्रष्ट परेका छन् ।

 

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  ४ : २९ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष