१० चैत्र २०८२, मंगलबार | March 25, 2026

ओलीका अभिव्यक्तिले प्रधानमन्त्रीको गरिमालाई धुलिसात बनाए, ओली प्रवृत्ति लज्जास्पद : काँग्रेस



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले केपी शर्मा ओलीका अभिव्यक्तिले प्रधानमन्त्री जस्तो गरिमालाई धुलिसात बनाएको बताएको छ ।

प्रवक्ता शर्माको विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीका पछिल्ला कैयों अभिव्यक्तिले प्रधानमन्त्री पदको गरिमालाई धुलिसात बनाउँदै लगेका छन् । आफ्नो कदम विरुद्ध उठेका स्वर र समुदाय हरेकलाई होच्याउने र अपमान गर्ने कर्ममार्फत उहाँले तिनको भन्दा बढी आफ्नै मर्यादित जिम्मेवारीको अमर्यादित ढंगले अपमान गरिरहनुभएको छ । उहाँको यो प्रवृत्त दुःखद मात्रै होइन, जल्जास्पद पनि छ ।’

काँग्रेसले संसद विघटन विरुद्ध देशव्यापी उठेका स्वरहरुलाई अपमानित नगर्न प्रधानमन्त्री ओलीलाई चेतावनी दिएको छ । विज्ञप्तमा प्रवक्ता शर्माले भनेका छन्, ‘संसद विघटनको असंवैधाकि कदम विरुद्ध देशव्यापी रुपमा उठेका विरोधका स्वरहरुलाई देश विरोधी, देशद्रोही भनेर गैरजिम्मेवार ढंगले लान्छित गर्ने र समाजको कुनै पनि वर्ग, पेशा समुदायलाई लान्छित र अपमानित गर्ने ढंगले अभिव्यक्ति नदिन प्रधानमन्त्रीजीलाई नेपाली काँग्रेस कडा चेतावनी दिन चाहन्छ ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिले उनमा अधिनायकवादी आकांक्षालाई थप उजागर गरेको उल्लेख गरेका छन्। प्रवक्ता शर्माले कुनै पनि संग र स्वरुपको अधिनायकवाद विरुद्ध संघर्षमा उभिनु देशभक्तहरुको जिम्मेवारी कर्तव्य र पहिचान प्रष्ट परेका छन् ।

 

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  ४ : २९ बजे

कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा मृत भेटिएका ठूलो सङ्ख्याका

काठमाडौँलगायत देशका विभिन्न जिल्लामा वर्षा

काठमाडौँ । पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण

तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी

काठमाडौँ । आर्थिक रूपमा विपन्न नागरिक र ज्येष्ठ नागरिकको निःशुल्क

हरेक शैक्षिकसत्रमा पाठ्यपुस्तक परिवर्तन नगर्न निजी विद्यालयलाई उपमहानगरको निर्देशन

कैलाली । निजी बिद्यालयहरुले हरेक वर्ष पाठ्यपुस्तक परिवर्तन गर्दै अभिभावकहरुलाई

बुटवलमा दलित जनप्रतिनिधिको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम

बुटवल । बुटवल उपमहानगरका दलित जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास अभिमुखीकरण