१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

नेपालगन्जबाट नक्कली स्मार्ट ड्राईभिङ लाईसेन्स छाप्ने गिरोह पक्राउ



नेपालगन्ज । सरकारले सुरक्षित भन्दै आएको सवारी चालक अनुमतीपत्रको स्मार्ट लाईसेन्स नक्कली बनाउने गिरोह नेपालगन्जमा सक्रिय रहेको फेला परेको छ । सामान्य फोटोकपी पसलबाटै नक्कली स्मार्ट लाइसेन्स बनाउन सक्रिय एक गिरोहलाई प्रहरीले पक्राउ गरे पछि नेपालगन्जबाट नक्कली स्मार्ट लाईसेन्स बनाउने गिरोह सक्रिय रहेको खुलासा भएको हो ।

नेपालगन्जको सदरलाइनस्थित पुरानो टाङ्गा स्टेसनको नजिकै रहेको फेवा फोटोकपी तथा मोबाइल रिपेयरिङ सेन्टरबाट नक्कली स्मार्ट सवारी चालक अनुमति पत्र बनाएर बिक्री गर्दै गरेको अवस्थामा बाँके प्रहरीले पसलेसहित लाईसेन्स बनाउने गिरोहलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पसल सञ्चालक ओमप्रकाश वैश्यसहित ६ जना रहेकाछन् अन्य पक्राउ परेकाहरुको नामा प्रहरीले सार्वजानिक गरेको छैन । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार वैश्यले नक्कली स्मार्ट सवारी चालक अनुमति पत्र बनाएर प्रतिलाइसेन्स पाँच हजारदेखि १० हजार रुपैयाँ लिएर बिक्री गर्ने गरेका थिए ।

नेपालगन्जमा ट्राफिक प्रहरीले मोटरसाइकलको कागजपत्र चेकजाँच गर्ने क्रममा फेला पारेको नक्कली स्मार्ट अनुमति पत्रको खोजबिन गर्नेक्रममा लाइसेन्स बेच्ने फेवा फोटोकपी पसलबाट नक्कली लाईसेन्स बिक्रि हुने गरेको खुलेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुबाट थप अनुसन्धान थालिएको बाँकेका प्रहरी प्रवक्ता नायव प्रहरी उपरिक्षक सुवास खड्काले बताए ।

प्रहरी नायव उपरीक्षक खड्काले नक्कली स्मार्ट छाप्ने काम बाँकेमै हुने गरेको खुलेकोबताउंदै के कति परिमाणमा छापिएकाछन् भन्ने बारे अनुसन्धान भईरहेको बताए । उनले भने, ‘लाइएस्ेन्सको भेरीफिकेसन भैरहेको छ ।’ प्रहरीले उक्त पसलबाट लाईसेन्स छाप्ने मेसिन, त्यसकालागि आवश्यक पर्ने कागजपत्र र शंकास्पद सामाग्री बरामद गरेको छ ।

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  ५ : १४ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले