२० मंसिर २०८२, शनिबार | December 6, 2025

बुवाको स्मृतिमा शक्ति गौचनले तेस्रोपटक क्रिकेट प्रतियोगिता गराउँदै



भैरहवा । रुपन्देहीको भैरहवामा तेस्रो खड्गप्रसाद गौचन मेमोरियल अन्डर–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । स्टार क्रिकेट एकेडेमी, पड्सरीको आयोजनामा माघ १४ गतेदेखि २३ गतेसम्म प्रतियोगिता हुन लागेको हो । स्व.ख्डगप्रसाद पूर्व राष्ट्रिय क्रिकेट खेलाडी शक्तिप्रसाद गौचनका बुवा हुन् । स्टार एकेडेमी पनि शक्तिले संचालन गर्दै आएका छन् । शक्तिले आफ्नो बुवाको स्मृतिमा विगत तीन वर्षदेखि निरन्तर प्रतियोगिता आयोजना गर्दै आएका छन् ।

‘बुवालाई पनि सम्झीरहन र क्रिकेट खेलले नयाँनयाँ खेलाडीहरु उत्पादन गर्न सहयोगसमेत पुग्ने भएकाले मैले प्रतियोगिता आयोजना गर्दै आएको छु’, भैरहवामा आयोजित पत्रकार सम्मेलनमा गौचनले भने । भैरहवास्थित सिद्धार्थ रंगशालामा हुने प्रतियोगितामा विभिन्न एकेडेमी र स्कूल गरी ८ टिमको सहभागिता हुनेछ । प्रतियोगितामा पोखरा, काठमाडौं र धनगढीका टिम पनि सहभागी हुने शक्तिले जानकारी दिए ।

प्रतियोगितामा विजेता टिमले २० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछ । उपविजेताले १० हजार र ट्रफी प्राप्त गर्ने छ भने बेष्ट ब्याट्सम्यान, बलर, उत्कृष्ट खेलाडीलाइृ पनि पुरस्कृत गरिने गौचनले जानकारी दिए । पहिलो संस्करण विद्यालयस्तरीय रुपमा आयोजना गरिएकोमा दोस्रो रुपन्देही जिल्ला स्तरीय आयोजना गरिएको थियो । तेस्रो संस्करणलाई राष्ट्रिय स्तरमा आयोजना गर्न लागिएको हो ।

आयोजकका अनुसार प्रतियोगितामा काशी नोबल एकेडेमी, साइ ग्लोबल एकेडेमी, स्टार क्रिकेट एकेडेमी, रुपन्देही ११, धनगढी क्रिकेट एकेडेमी, ओषिश क्रिकेट एकेडेमी काठमाडौं, न्यू होराइजन एकेडेमी र पोखरा क्रिकेट एकेडेमी सहभागी हुनेछन् । शक्तिको स्टार एकेडेमीमा अहिले ५० जना प्रशिक्षार्थीले क्रिकेट सिकिरहेका छन् । राष्ट्रिय टिमबाट संन्यास लिएपछि उनले एकेडेमीमार्फत् नयाँ खेलाडीहरु उत्पादनमा टेवा पुर्याउँदै आएका छन् ।

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  ९ : २७ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय