१८ फाल्गुन २०८२, सोमबार | March 2, 2026

बुवाको स्मृतिमा शक्ति गौचनले तेस्रोपटक क्रिकेट प्रतियोगिता गराउँदै



भैरहवा । रुपन्देहीको भैरहवामा तेस्रो खड्गप्रसाद गौचन मेमोरियल अन्डर–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । स्टार क्रिकेट एकेडेमी, पड्सरीको आयोजनामा माघ १४ गतेदेखि २३ गतेसम्म प्रतियोगिता हुन लागेको हो । स्व.ख्डगप्रसाद पूर्व राष्ट्रिय क्रिकेट खेलाडी शक्तिप्रसाद गौचनका बुवा हुन् । स्टार एकेडेमी पनि शक्तिले संचालन गर्दै आएका छन् । शक्तिले आफ्नो बुवाको स्मृतिमा विगत तीन वर्षदेखि निरन्तर प्रतियोगिता आयोजना गर्दै आएका छन् ।

‘बुवालाई पनि सम्झीरहन र क्रिकेट खेलले नयाँनयाँ खेलाडीहरु उत्पादन गर्न सहयोगसमेत पुग्ने भएकाले मैले प्रतियोगिता आयोजना गर्दै आएको छु’, भैरहवामा आयोजित पत्रकार सम्मेलनमा गौचनले भने । भैरहवास्थित सिद्धार्थ रंगशालामा हुने प्रतियोगितामा विभिन्न एकेडेमी र स्कूल गरी ८ टिमको सहभागिता हुनेछ । प्रतियोगितामा पोखरा, काठमाडौं र धनगढीका टिम पनि सहभागी हुने शक्तिले जानकारी दिए ।

प्रतियोगितामा विजेता टिमले २० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछ । उपविजेताले १० हजार र ट्रफी प्राप्त गर्ने छ भने बेष्ट ब्याट्सम्यान, बलर, उत्कृष्ट खेलाडीलाइृ पनि पुरस्कृत गरिने गौचनले जानकारी दिए । पहिलो संस्करण विद्यालयस्तरीय रुपमा आयोजना गरिएकोमा दोस्रो रुपन्देही जिल्ला स्तरीय आयोजना गरिएको थियो । तेस्रो संस्करणलाई राष्ट्रिय स्तरमा आयोजना गर्न लागिएको हो ।

आयोजकका अनुसार प्रतियोगितामा काशी नोबल एकेडेमी, साइ ग्लोबल एकेडेमी, स्टार क्रिकेट एकेडेमी, रुपन्देही ११, धनगढी क्रिकेट एकेडेमी, ओषिश क्रिकेट एकेडेमी काठमाडौं, न्यू होराइजन एकेडेमी र पोखरा क्रिकेट एकेडेमी सहभागी हुनेछन् । शक्तिको स्टार एकेडेमीमा अहिले ५० जना प्रशिक्षार्थीले क्रिकेट सिकिरहेका छन् । राष्ट्रिय टिमबाट संन्यास लिएपछि उनले एकेडेमीमार्फत् नयाँ खेलाडीहरु उत्पादनमा टेवा पुर्याउँदै आएका छन् ।

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  ९ : २७ बजे

सल्यानमा रास्वपाको प्रचार गाडीबाट मदिरा र खाद्यान्न बरामद, जिप प्रहरी नियन्त्रणमा

सल्यान । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनाव प्रचारमा प्रयोग भइरहेको

निर्वाचनमा उत्साहका साथ सहभागी हुन प्रधानमन्त्रीको आह्वान

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते सम्पन्न

इजरायल–इरान द्वन्द्व मध्यपूर्व क्षेत्रभरि फैलियो

इजरायलले इरान समर्थित हिजबुल्लाहका लक्ष्यहरूमा लेबनानभरि व्यापक बमबारी गरेपछि इजरायल,

आगामी आर्थिक वर्षको राजस्व नीति माथि सुझाव माग

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत अवलम्बन गरिने

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि