४ पुस २०८२, शुक्रबार | December 19, 2025

आजको मौसम : उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमापात, बाँकी क्षेत्रको मौसम सफा



काठमाडौं । हाल देशभरको मौसममा पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेको छ ।

हाल देशका पूर्वी पहाडी भू-भागको मौसममा आंशिक बदली रहेको छ । त्यस्तै तराईका भू-भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ। देशका बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ ।

आज काठमाडौंको न्युनतम तापक्रम ३ डिग्री सेल्सियसमा झरेको छ । त्यस्तै आजको अधिकतम तापक्रम १८ डिग्री सेल्सियस पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो देशका प्रदेश न. १ र गण्डकी प्रदेशका पहाडी भू-भागहरूको मौसममा आंशिक बदली हुने सम्भावना देखिएको छ ।

त्यस्तै उच्च पहाडी तथा हिमाली भू-भागका एक, दुई स्थानहरुमा हल्का हिमापाको संभावना रहेको छ । देशका बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।

आज राती प्रदेश नं. १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका भू-भागहरूको मौसममा आंशिक बदली रहने सभावना छ ।

देशका बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  ७ : ०९ बजे

भैरहवाको मौसम प्रतिकूल भएपछि भरतपुर हुँदै रुपन्देही जाँदै रवि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भैरहवाको मौसम

मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी

बुटवल । नेपाल मेडिकल काउन्सिलका उपाध्यक्ष तथा सदस्य पदका लागि

जेनजी अगुवा पुरुषोत्तम यादव रास्वपामा आबद्ध

काठमाडौं । ‘जेनजी’ अभियानका अगुवा पुरुषोत्तम यादव राष्ट्रिय स्वतन्त्र पार्टी

देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ

पाटन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले देशभर स्थानीय

योजना र नतिजा विश्लेषण बिनाको खर्चले राज्यप्रति विश्वास घट्यो : उद्योगमन्त्री सिन्हा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले योजना, प्राथमिकता