७ चैत्र २०८२, शनिबार | March 21, 2026

कर्णालीमा पुग्यो कोरोना खोप ‘कोभिशिल्ड’, भोलिदेखि खोप लगाइने



सर्खेत । भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ कर्णाली प्रदेश पुगेको छ ।

सङ्घीय सरकारले नेपालगञ्ज कोल्ड स्टोर हुँदै कर्णालीका लागि पठाएको ११ हजार ७८० खोप सोमबार राति सुर्खेत आइपुगेको हो ।

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले बुधबार (भोलि)देखि खोप लगाउन शुरु गर्ने तयारी थालेको छ । निर्देशनालयका निर्देशक डा .रविन खड्काले कर्णालीका १२ अस्पताललाई केन्द्र बनाएर खोप लगाइने बताउनुभयो ।

खड्काका अनुसार आठवटा जिल्ला अस्पतालका साथै वीरेन्द्रनगरस्थित प्रदेश अस्पताल, मेहेलकुना अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, चौरजहारी सामुदायिक अस्पताल पश्चिम रुकुमलाई केन्द्र बनाएर कोरोनाविरुद्धको खोप लगाइनेछ ।

कर्णालीका हिमाली जिल्ला हुम्ला, जुम्ला, मुगु र डोल्पाका लागि नेपालगञ्जबाट हवाइमार्ग तथा अन्य जिल्लामा सुर्खेतबाट स्थलमार्गबाट खोप ढुवानी गर्ने व्यवस्था मिलाइएको छ ।

पहिलो चरणमा करिब २४ हजार खोप आइपुगेको र पहिलो मात्रा लगाएको २८ दिनपछि दोस्रो मात्रा दिइने निर्देशक खड्काको भनाइ छ । प्रदेश स्वास्थ्य निर्देशनालयले पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, सङ्क्रमितको शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, एम्बुलेन्स चालक र महिला स्वास्थ्य स्वयंसेविकालाई खोप दिइने जनाएको छ ।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाको पछिल्लो तथ्याङ्कअनुसार कर्णालीमा हालसम्म ९६ हजार ९३६ जनाको पिसीआर परीक्षण भएको छ । तीमध्ये सात हजार ४९५ जनामा कोरोना सङ्क्रमण पुष्टि हुनुका साथै २९ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  ९ : २२ बजे

प्रदेश र स्थानीय तहलाई एक खर्ब ५१ अर्ब वित्तीय समानीकरण अनुदान छुट्याउन सिफारिस

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक

कपिलवस्तुको महाराजगञ्ज क्षेत्रमा प्रशासनद्वारा अनिश्चितकालीन निषेधाज्ञा

बुटवल । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–स्थित बर्गदवा क्षेत्रमा हिन्दु र मुस्लिम

वाग्मती सफाइः तीन मेट्रिकटन फोहर व्यवस्थापन

काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका

जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा नागरिक स्वतन्त्रताका लागि भएका

वर्षाका कारण इदगाहाको सामूहिक नमाज प्रभावित

नेपालगन्ज । अविरल रुपमा परेको वर्षाले नेपालगन्जमा मुस्लिम समुदायको महान