३ पुस २०८२, बिहिबार | December 18, 2025

दमनकारी कार्य नदोहोर्‍याउन पत्रकार महासंघद्वारा सरकारलाई चेतावनी



काठमाडौं । नेपाल पत्रकार महासंघले दमनकारी कार्य नदोहोर्‍याउन सरकारलाई चेतावनी दिएको छ ।

प्रतिनिधिसभा विघटनको विरोधमा नागरिक तहबाट भएको शान्तिपूर्ण आन्दोलनमा सहभागीहरुमाथि भएको प्रहरी आक्रमणको भत्र्सना गर्दै महासंघले दमनकारी कार्य रोक्न सरकारसँग माग गरेको हो ।

‘वरिष्ठ पत्रकार नारायण वाग्ले, मानव अधिकारकर्मी कृष्ण पहाडीलगायतमाथि प्रहरीद्वारा बर्बर आक्रमण गरी घाइते बनाएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ’, महासंघका सचिव रमेश विष्टले मंगलबार विज्ञप्ति प्रकाशित गरी भनेका छन्, शान्तिपूर्ण र स्वतन्त्र रूपमा प्रदर्शनमा उत्रिएका मानव अधिकारवादी र नागरिक अभियन्तामाथि भएको प्रहरीको यो दमन अभिव्यक्ति स्वतन्त्रताविरोधी कार्य हो ।

प्रहरीको बर्बर दमनले नागरिकको हकअधिकारमाथि समेत गम्भीर आघात पुगेको महासंघले ठहर गरेको छ । सरकारको अभिव्यक्ति स्वतन्त्रताविरोधी यस्तो कार्यको महांसघले कडा शब्दमा भत्र्सना समेत गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘संविधानले सुनिश्चित गरेको नागरिकको हकअधिकारको रक्षा गर्न, विधिको शासन र कानुनीराजको सम्मान गर्न महासंघ सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ । साथैः आगामी दिनमा यस्ता दमनकारी कार्य नदोहोर्‍याउन सरकारलाई चेतावनीसमेत दिन चाहन्छ ।’

हिजो सोमबार नागरिक आन्दोलन र मानव अधिकारवादीले कमलपोखरीमा गरेको शान्तिपूर्ण कार्यक्रममा सहभागी वरिष्ठ पत्रकार वाग्ले, मानवअधिकारकर्मी पहाडीलगायत मानव अधिकारवादी र नागरिक अभियन्तामाथि प्रहरीले लाठी र पानीका फोहरा प्रहार गर्दा कैयौं प्रदर्शनकारी घाइते भएका थिए ।

 

 

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  १ : १२ बजे

सुनको मूल्य तोलामा २ लाख ६० हजार ४०० रुपैयाँ, चाँदीको पनि बढ्यो

काठमाडौं । बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको

अध्यक्षमा ओली तेब्बर मतले अगाडि, महासचिवमा शंकरलाई पछ्याउँदै सुरेन्द्र

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको