८ बैशाख २०८१, शनिबार | April 20, 2024

रुपन्देहीको सियारी गाउँपालिकामा खर तथा फुसका छाना विस्थापित गरिने



रुपन्देही । रुपन्देहीको सियारी गाउँपालिकामा खर, पराल तथा फुसका छाना भएका घर विस्थापित गरी टिनको छाना भएको घर बनाईने भएको छ ।

शहरी विकास मन्त्रालय र अन्तर्गतको सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत चालू आवमा विपन्न परिवारका खर, पराल तथा फुसको छाना भएका घरमा जस्तापाता लगाइने भएको हो ।

यस कार्यक्रमले गरिबीका कारण चुहिने छाना मुनि बस्न बाध्य पालिकावासीहरूले राहत पाउने भएका हुन् । खरको छानामा आगालागीका घटनाहरु हुने भएकाले खरको छाना फेर्ने कार्यक्रम शुरु गरिएको सियारी गाउँपालिका अध्यक्ष अयोध्या थारुले बताए ।

उनले भने-“यो कार्यक्रम शहरी विकास मन्त्रालय र सियारी गाउँपालिकाको सहकार्यमा काम हुने छ, हामीले गत वर्ष सियारी अवास निर्माण कार्यक्रम अन्तर्गत ११ वटा भवन निर्माण गरि गाउँपालिकाका विपन्न ११ वटा परिवारलाई घर हस्तान्तरण गरेका थियौं ।” विपन्न परिवारको खरको छाना फालेर टिनका छाना लगाउने काम यस वर्षभित्र गर्नेगरी स्थलगत अनुगमन शुरु गरिएको गाउँपालिका उपाध्यक्ष अमृता गुरुङले बताए ।
सुरक्षित नागरिक आवास कार्यक्रम अन्र्तगत यस आर्थिक वर्षमा विपन्न २४२ घरपरिवारले प्रति परिवार ५० हजारका जस्तापाता र पाईप पाउनेछन् । यस्तै घरवास नभएकाहरुलाई यस वर्ष मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम अन्र्तगत ४, संघिय तराई मधेश समृद्धि कार्यक्रमअन्तर्गत ८ र सियारी आवास कार्यक्रमअन्तर्गत ४ गरि १६ वट घर निर्माणगरी हस्तान्त्रण गर्ने योजना रहेको गाउँपालिकाले जानकारी दिएको छ ।

यस्तै सुरक्षित नागरिक आवास कार्यक्रमको आज सियारी गाउँपालिकाका उपाध्यक्ष अमृता गुरुङको नेतृत्वामा स्थलगत अनुगमन गरेको छ । गाउँपालिकाको वडा नं. ५ र ६ मा रहेका खरका छाना भएका घरको अनुगमन गरिएको हो ।

वडा नं. ५ का वडा अध्यक्ष थम्मन बहादुर पौडेल, वडा नं. ६ का वडा अध्यक्ष शेर बहादुर गुरुङ, कार्यपालिका सदस्यहरु देवकी खरेल, विष्णु कुमारी रायमाझी, गाउँपालिकाका ना.सु शेषनारायण अर्याल लगाएतको टोलिले खर तथा फुसका छाना भएका घरको अनुगमन गरेका थिए ।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  ९ : ०६ बजे

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा

तिलोत्तमाको जानकीनगरमा डाँफे इलेक्ट्रोनिक्स हाउस

बुटवल । उपभोक्तालाई एउटै छानोमुनी सम्पूर्ण इलेक्ट्रोनिक्सका सामान उपलब्ध गराउने

नेपालले हङकङलाई दियो १४० रनको मध्यम लक्ष्य 

काठमाडौं । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

बुटवलको मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले मनायो रजत जयन्ती

बुटवल । बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न ११० मिटर बाँकी, १८ दिनपछि ‘ब्रेक थ्रु’

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन