४ चैत्र २०८२, बुधबार | March 18, 2026

रुपन्देहीको सियारी गाउँपालिकामा खर तथा फुसका छाना विस्थापित गरिने



रुपन्देही । रुपन्देहीको सियारी गाउँपालिकामा खर, पराल तथा फुसका छाना भएका घर विस्थापित गरी टिनको छाना भएको घर बनाईने भएको छ ।

शहरी विकास मन्त्रालय र अन्तर्गतको सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत चालू आवमा विपन्न परिवारका खर, पराल तथा फुसको छाना भएका घरमा जस्तापाता लगाइने भएको हो ।

यस कार्यक्रमले गरिबीका कारण चुहिने छाना मुनि बस्न बाध्य पालिकावासीहरूले राहत पाउने भएका हुन् । खरको छानामा आगालागीका घटनाहरु हुने भएकाले खरको छाना फेर्ने कार्यक्रम शुरु गरिएको सियारी गाउँपालिका अध्यक्ष अयोध्या थारुले बताए ।

उनले भने-“यो कार्यक्रम शहरी विकास मन्त्रालय र सियारी गाउँपालिकाको सहकार्यमा काम हुने छ, हामीले गत वर्ष सियारी अवास निर्माण कार्यक्रम अन्तर्गत ११ वटा भवन निर्माण गरि गाउँपालिकाका विपन्न ११ वटा परिवारलाई घर हस्तान्तरण गरेका थियौं ।” विपन्न परिवारको खरको छाना फालेर टिनका छाना लगाउने काम यस वर्षभित्र गर्नेगरी स्थलगत अनुगमन शुरु गरिएको गाउँपालिका उपाध्यक्ष अमृता गुरुङले बताए ।
सुरक्षित नागरिक आवास कार्यक्रम अन्र्तगत यस आर्थिक वर्षमा विपन्न २४२ घरपरिवारले प्रति परिवार ५० हजारका जस्तापाता र पाईप पाउनेछन् । यस्तै घरवास नभएकाहरुलाई यस वर्ष मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम अन्र्तगत ४, संघिय तराई मधेश समृद्धि कार्यक्रमअन्तर्गत ८ र सियारी आवास कार्यक्रमअन्तर्गत ४ गरि १६ वट घर निर्माणगरी हस्तान्त्रण गर्ने योजना रहेको गाउँपालिकाले जानकारी दिएको छ ।

यस्तै सुरक्षित नागरिक आवास कार्यक्रमको आज सियारी गाउँपालिकाका उपाध्यक्ष अमृता गुरुङको नेतृत्वामा स्थलगत अनुगमन गरेको छ । गाउँपालिकाको वडा नं. ५ र ६ मा रहेका खरका छाना भएका घरको अनुगमन गरिएको हो ।

वडा नं. ५ का वडा अध्यक्ष थम्मन बहादुर पौडेल, वडा नं. ६ का वडा अध्यक्ष शेर बहादुर गुरुङ, कार्यपालिका सदस्यहरु देवकी खरेल, विष्णु कुमारी रायमाझी, गाउँपालिकाका ना.सु शेषनारायण अर्याल लगाएतको टोलिले खर तथा फुसका छाना भएका घरको अनुगमन गरेका थिए ।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  ९ : ०६ बजे

बाँके कांग्रेसबाट एक महासमिति सदस्य र एक प्रदेश महाधिवेशन प्रतिनिधिलाई निष्काशनको सिफारिस

नेपालगन्ज । नेपाली काङ्ग्रेस बाँकेले एकजना महासमिति सदस्य र एक

प्रधानसेनापति सिग्देलद्वारा समसामयिक परिस्थितिबारे छलफल

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग

बुटवल, सैनामैना र तिलोत्तमाका डिलरहरुबाट लुकाएर राखिएका ५०० बढी ग्यास सिलिण्डर बरामद

बुटवल । रुपन्देहीमा उपभोक्ताले खाना पकाउने ग्यास पाउन मुस्किल पर्न

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली

श्रीलङ्कामा रातको समय इभी चार्ज गर्न रोक

कोलम्बो । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन