११ भदौ २०८३, बिहिबार | August 27, 2026

आजदेखि देशभर कोरोना विरुद्धको खोप लगाईंदै



काठमाडौं । सरकारले आजदेखि देशभरका ४ लाख ३० हजार जनालाई खोप लगाउँदैछ ।

त्यसका लागि आज बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल रूपमा खोपको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ । यद्यपि, प्रधानमन्त्री ओली स्वयंले भने खोप लगाउने छैनन् ।

गत बिहीबार भारत सरकारले अनुदानमा दिएको १० लाख डोज कोभिडविरुद्धको खोप नेपाल ल्याइएको थियो । टेकुस्थित राष्ट्रिय खोप भण्डारण केन्द्रको कोल्डचेनमा राखिएको कोभिशिल्ड भ्याक्सिन प्रदेशका खोप भण्डार केन्द्रहरुमा पुगिसकेको छ ।

कोभिशिल्डको प्रभावकारिता ७० प्रतिशत रहेको बताइएको छ । सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत फ्रन्टलाइनरलाई खोप लगाउने बताएको छ । सातै प्रदेशका ६२ अस्पताल र १ सय २० भन्दा बढी खोप केन्द्रहरुबाट खोप अभियान सञ्चालन हुनेछ ।

अहिले विश्वभर उत्पादन भइरहेको कोभिड-१९ विरुद्धको खोप व्यक्ति आफै जिम्मेवार भएर लगाउनु पर्ने हुन्छ । सरकारले अहिले ल्याएको खोप व्यक्तिलाई स्वेच्छिक रुपमा लगाउन आग्रह गरेको छ ।

सरकारले खोप लगाउनुभन्दा पहिले खोप लगाउने व्यक्तिले मञ्जुरीनामा दिनुपर्ने व्यवस्था गरेको छ । यसको अर्थ खोप लगाइसकेपछि खोप लगाउने मानिसमा खोपको कुनैपनि असर परेको अवस्थामा सरकार जवाफदेही हुँदैन, व्यक्ति स्वयंले आफ्नो जिम्मेवारी लिनुपर्ने हुन्छ ।

खोप शाखा प्रमुख डा. झलक गौतमले सरकारले व्यक्ति कसैलाई पनि खोप लगाउन बाध्य पार्न नसकिने भएकाले मञ्जुरीनामा लेख्न लगाइने बताए । उनले कोभिशिल्ड विश्वासनीय खोप भएको पनि बताए ।

व्यक्तिलाई मञ्जुरीनामा गराएर खोप लगाउने सरकारी अभियान कानुनविपरित भएको भन्दै केही स्वास्थ्यकर्मीहरुले यो अभियानमा सहभागी नहुनेसमेत घोषणा गरिसकेका छन् ।

कानुनअनुसार खोप प्रयोग गर्दा स्वास्थ्यमा कुनै समस्या आएमा, अङ्ग-भङ्ग भएमा खोप उत्पादक कम्पनीले त्यसको क्षतिपूर्ति व्यर्होनुपर्छ । तर, अहिले खोप उत्पादक कम्पनीलाई खोपले जस्तोसुकै असर गरेपनि क्षतिपूर्ति माग दावी गर्दैनौँ भनेर लिखत गरेर खोप आयात भइरहेको छ ।

नेपाल सरकारले पनि कोभिशिल्ड भ्याक्सिनबाट भएको क्षतिपूर्ति मागदावी नगर्ने लिखत गरेर खोप ल्याएको हो । त्यसैले अहिले सरकारले खोप ऐन, २०७२ विपरित व्यक्तिलाई मञ्जुरीनामा गर्न लगाएको छ । व्यक्तिको मञ्जुरीनामा गराएर खोप लगाउँदा खोप लगाइसकेपछि खोपको खराब असर देखिएमा व्यक्तिले कानुनअनुसार पाउने क्षतिपूर्तिबाट पनि बञ्चित हुन्छन् ।

सरकारको यो तयारीअनुसार कोभिडविरुद्धको खोप लगाइसकेपछि स्वास्थ्यमा समस्या आएको अवस्थामा व्यक्ति स्वयं जिम्मेवार हुनुपर्ने छ । खोप ऐनमा विभिन्न व्यवस्था भएपनि मञ्जुरीनामा दिएर खोप लगाउने व्यक्तिलाई खोपको असर देखिएमा सरकारविरुद्ध वा खोप उत्पादक कम्पनीविरुद्ध कुनै उजूरी वा क्षतिपूर्तिको माग दावी गर्न पाइने छैन ।

तर सरकारले खोप लगाएपछि स्वास्थ्यमा समस्या आएमा निशुल्क उपचार गर्ने मौखिक जानकारी गराएको छ । खोप महाशाखाकाअनुसार अहिलेसम्म पोखरामा ४ हजार, बुटवलमा ८ हजार ८ सय, नेपालगञ्जमा २ हजार ६ सय, धनगढीमा ३ हजार ६ सय, हेटौंडामा ७ हजार ६ सय र विराटनगरमा ९ हजार ६ सय भाइल खोप पुगिसकेको छ । काठमाडौं उपत्यकाको लागि १२ हजार ५ सय भाइल खोप छुट्याइएको छ ।

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार  ६ : ५३ बजे

भोटेकोशीमा पुनः बाढीको जोखिम, चीनले नेपाललाई गरायो सतर्क

काठमाडौं। भोटेकोशी नदीको माथिल्लो क्षेत्रमा नदी थुनिएर बनेको ताल बढ्दै

सम्पर्कविहीन पत्रकार टेकराज थामीको खोजी कार्यलाई तीव्रता दिन आग्रह

काठमाडौं । नेपाल पत्रकार महासङ्घले रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका

बाढी प्रभावित क्षेत्र निरीक्षण गर्न चिनियाँ प्रधानमन्त्री ली छ्याङ केरुङ पुगे

काठमाडौँ । चीनका प्रधानमन्त्री ली छ्याङ बाढीबाट प्रभावित तिब्बतको केरुङ

तिब्बत-नेपाल बाढी पछि २८८ भारतीय सम्पर्कविहीन : भारतीय विदेश मन्त्रालय

नयाँदिल्ली । तिब्बत हुदैँ नेपाल पसेको प्रलयकारी बाढीमा परी २८८

भोटेकोशी बाढी : वीरमा ५ र ट्रमा सेन्टरमा १८ घाइतेको उपचार हुँदै

काठमाडौं । रसुवामा बुधबार बिहान गएको बाढीमा परी घाइते भएका