७ चैत्र २०८२, शनिबार | March 21, 2026

कोरोना विरुद्धको खोप अभियान आजदेखि, देशभर ६२ अस्पताल र १२० खोप केन्द्रबाट एकसाथ सुरु



काठमाडौं । सरकारले नेपालमा आजदेखि कोरोना खोप अभियान सुरु गर्दैछ ।

भारतले अनुदानमा दिएको कोरोना खोप लगाउने काम आजबाट सुरु हुन लागेको हो । कोरोना खोप कोरोना विरुद्धको लडाईंमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाई कर्मचारीहरुलाई लगाउन थालिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पहिलो चरणमा चार लाख ३० हजार जनालाई खोप लगाउने तयारी रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान १० बजे भर्चुअल रुपमा काठमाडौंका ११ वटा अस्पतालमा एक्कै पटक खोप अभियानको उद्घाटन गर्नेछन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, वीर अस्पताल, पाटन अस्पताल, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथली, सशस्त्र प्रहरी अस्पताल बलम्बु, शहीद गंगालाल अस्पताल बाँसबारी, आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र अस्पताल कीर्तिपुर, भक्तपुर अस्पताल भक्तपुर, शहीद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र भक्तपुर र काठमाडौं मेडिकल कलेज जोरपाटी का स्वास्थ्यकर्मीले खोप लगाउनेछन् ।

टेकु अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले टेकु अस्पतालको तर्फबाट पहिलो खोप लगाउने घोषणा गरिसकेका छन् ।

कोरोनाविरुद्धको खोप खोप सातै प्रदेशमा पहिलो चरणमा लगाइने र पछि थप खोप आएपछि समुदायस्तरमा लगाउने योजना बनाइएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बताएका छन् । देशभर ६२ वटा अस्पताल र १२० वटा खोप केन्द्रबाट एकसाथ सुरु हुने पनि गौतमले जनाकारी दिएका छन् ।

चीनबाट आएका एक विद्यार्थीमा कोरोना भाइरस पुष्टि भएको ठीक एकवर्षमा भारतले नेपाललाई खोप कुटनीतिअन्तर्गत १० लाख डोज कोभिसिल्ड कोरोना खोप अनुदान उपलब्ध गराएको थियो ।

भारतको सेरम इन्स्टिच्युट प्रालिले उत्पादन कोभिसिल्ड नाममा कोरोना खोप नेपालमा लगाउन थालिएको हो । यो खोप बेलायतको अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनिकाले विकसित गरेको हो । भारतमा आपतकालीन प्रयोगका लागि यो खोप लगाउन थालिसकिएको छ । यो खोप ७० प्रतिशत प्रभावकारी रहेको बताइएको छ ।

सरकारले नेपालमा पनि आपतकालीन प्रयोगका लागि यही माघ २ गते अनुमति दिएको थियो । त्यसपछि औषधी व्यवस्था विभागबाट स्वीकृति पाए लगत्तै भारतबाट नेपालमा खोप भित्रिएको थियो । यो खोप १० डोज बराबर ५ मिलि प्रतिभायलमा उपलब्ध छ भने यो खोप तयारी झोल अवस्थामा उपलब्ध छ ।

कोभिसिल्ड खोपलाई २ डिग्रीदेखि ८ डिग्री सेल्सियसमा तापक्रम व्यवस्थापन गरी भण्डारण र ढुवानी गर्नुपर्छ । सातै प्रदेशमा यो खोप पुगिसकेको छ ।

 

कस्ता व्यक्तिले खोप लगाउन हुँदैन ?

  • खोपको पहिलो डोजपछि गम्भीर एलर्जी एनाफाइलेक्सिस भएमा खोप लगाउनु हुँदैन ।
  • यसभन्दा अघि अरू कुनै कारणले अर्थात् भ्याक्सिन, इन्जेक्सन थेरापी, फुड आइटम वा औषधिको प्रयोगले गम्भीर एलर्जी वा एनाफाइलेक्सिस भएमा खोप लगाउन हुँदैन ।
  • गर्भवती तथा स्तनपान गराउने आमा र गर्भावस्थाका लागि योजना बनाइराखेका महिलालाई पनि यो भ्याक्सिन लगाउन हुँदैन।
  • कोरोना भाइरसको सक्रिय सङ्क्रमण भएको चारदेखि आठ हप्तासम्म खोप लगाउनु हुँदैन ।
  • प्लाज्माथेरापी दिइएका कोभिड–१९ का बिरामीले चारदेखि आठ हप्तासम्म यो खोप लगाउनु हुँदैन ।
  • अन्य कुनै पनि कारणले गम्भीर बिरामी भएको अवस्थामा खोप लगाउनु हुँदैन ।

कोभिसिल्ड खोप लगाएर भवितव्य परेर कथंकदाचित मानवीय क्षति नै भएमा पनि सरकार जिम्मेवार हुनेछैन । खोप लगाउने व्यक्ति नै स्वयं जिम्मेवार हुनुपर्ने सर्तनामा गरेपछि मात्रै खोप लगाउन पाइन्छ ।

विश्वका कुनै पनि खोप उत्पादक कम्पनीले जिम्मेवार नहुने ग्यारेन्टी भएपछि मात्रै खोप वितरण गर्ने गरेका छन् ।

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार  ९ : ०४ बजे

प्रदेश र स्थानीय तहलाई एक खर्ब ५१ अर्ब वित्तीय समानीकरण अनुदान छुट्याउन सिफारिस

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक

कपिलवस्तुको महाराजगञ्ज क्षेत्रमा प्रशासनद्वारा अनिश्चितकालीन निषेधाज्ञा

बुटवल । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–स्थित बर्गदवा क्षेत्रमा हिन्दु र मुस्लिम

वाग्मती सफाइः तीन मेट्रिकटन फोहर व्यवस्थापन

काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका

जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा नागरिक स्वतन्त्रताका लागि भएका

वर्षाका कारण इदगाहाको सामूहिक नमाज प्रभावित

नेपालगन्ज । अविरल रुपमा परेको वर्षाले नेपालगन्जमा मुस्लिम समुदायको महान