१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

माधव नेपाल भेट्न अमेरिकी राजदुत बेरी कोटेश्वर पुगे



काठमाडौं । नेपालमा प्रतिनिधिसभा विघटनको विरुद्धको आन्दोलन चर्कंदै गएका बेला अमेरिकी राजदुत -यान्डी मेरीले दलका नेताहरुसँगको भेटघाटलाई तिब्र पारेका छन् । आईतबार देखि भेटघाटमा ब्यस्त भएका राजदुत आज बिहानै नेकपाको प्रचण्ड-नेपाल पक्षका अध्यक्ष माधव कुमार नेपाललाई भेटन् उनकै निवास कोटेश्वर पुगेका छन् ।

नेकपाका केन्द्रीय सदस्य तथा विदेश विभाग प्रमुख विष्णु रिजालले राजदूत बेरी नेता नेपाललाई भेट्न कोटेश्वरस्थित नेता नेपालको निवासमा पुगेको पुष्टि गरे ।

बिहान ९ बजे देखि भेटवार्ता सुरु भएपनि भेटवार्ताको विषयवस्तु खुलिनसकेको रिजालले बताए ।

प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलन चलिरहेका बेला अमेरिकी राजदूत बेरी आन्दोलनरत पक्षकै नेता भेट्न पुगेका हुन्।

उता अमेरिकामा पनि भर्खरै जो बाइडेनले राष्ट्रपति पद सम्हालेका छन् । नेपा स्थित अमेरिकी राजदुतावासले भने अमेरिकामा हालै निर्वाचित राष्ट्रपति बाइडेन प्रशासनको नयाँ नीतिका बिषयमा भेटघाट भैको जनाएको छ । नयाँ राष्ट्रपतीय प्रशासन आएपछिको उक्त प्रशासनको विश्वव्यापी प्राथमिकताहरूको बारेमा छलफल गर्न नेपाली सरकारी तथा राजनीतिक नेतृत्वहरूसँग भेटघाट भएको राजदुतावासले जनाएको छ । नेताहरुसँगको भेटका क्रममा राजदूत बेरीले लोकतन्त्रहरूको सबलीकरण, जलवायु परिवर्तन तथा महिला अनि बालिकाहरूको अधिकारको प्रवर्द्धन लगायत अमेरिकी सरकारका प्राथमिकताका प्रतिवद्धताहरू पुनः दोहोर्याईएको राजदुतावासले जनाएको छ ।

यसअघि अमेरिकी राजदूत बेरीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरिसकेका छन्।

 

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार  ११ : १३ बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर