२० मंसिर २०८२, शनिबार | December 6, 2025

एमसीसी सहायता नआए पनि परियोजना अघि बढाउनुपर्छ : योजना आयोग उपाध्यक्ष कँडेल



काठमाडौं   राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले एमसीसी सहायता नआए सरकारले आफ्नै लगानीमा भएपनि परियोजना कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।

एमसीसीबारे राजनीतिक रुपमा पक्ष र विपक्षमा धारणा बनाउँदा परियोजना आफै गलत हो की भन्ने भ्रम परेको बताउँदै  कँडेलले विद्युत प्रसारण परियोजना नेपालका लागि अत्यावश्यक भएको बताएका हुन्।

परियोजनाको राजनीनिक पक्ष जे जस्तो भएपनि केही वर्षभित्र विद्युतको ठूलो राष्ट्रिय प्रशारण लाइन आवश्यक पर्ने भएकोले सरकारले एमसीसी स्वीकृत नभएपनि परियोजनालाई अगाडि बढाउनुपर्ने कँडेलले बताए ।

उपाध्यक्ष कँडेलले एमसीसी परियोजना रुपान्तरणकारी आयोजनाको रुपमा १५ औं योजनामा समेत समावेस भइसकेकोले सरकारले परियोजना निर्माणको कार्यलाई तिब्रता दिएको जनाए । तर देशको पूँजीको अपर्याप्तताको कारणले एमसीसी आवश्यक पर्ने देखिएको पनि उनले जिकिर गरे।

उपाध्यक्ष कँडेलले राष्ट्रिय योजना आयोगले आफैले एमसीसी परियोजनालाई १५ औं योजनामा समावेस नगरेको बताए ।

उर्जा मन्त्रालयबाट निर्णय भएर आएको परियोजनालाई आयोगले पहिचान गरी रुपान्तरणकारी आयोजनामा समावेस गरेको उनले प्रष्ट पारे ।

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार  १२ : ०५ बजे

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति

एनपीएलमा आज दुई खेल : सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा भिड्दै

काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी