१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

ब्राउन सुगरसहित एक युवा पक्राउ



कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले ८५० मिलीग्राम लागुऔषधसहित एक युवालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका-४ सुर्खेतका २५ वर्षीय युवा सरोज पन्तलाई प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयअन्तर्गत लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालयबाट खटिएको प्रहरी टोलीले पन्तलाई शङ्कास्पद तरिकाले वीरेन्द्रनगर नगरपालिका-१० बुलबुले द्वार नजिकै गएराति हिँडिरहेको अवस्थामा नियन्त्रणमा लिइएको जिप्रका सुर्खेतका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।

“नियन्त्रणमा लिइएका उनको शरीर खानतलासी गर्दा उनले लगाएको चेष्टगार्डको अगाडि खल्ती र साथमा भएको मोबाइल कभरभित्र लागुऔषध ब्राउन सुगरजस्तो प्लाष्टिकमा धुलो पदार्थ भेटियो”, प्रहरी नायब उपरीक्षक घर्तीले भने, “बरामद गरिएको लागुऔषध ब्राउन सुगर ८५० मिलीग्राम थियो ।” उनको साथमा लुकाइछिपाइ राखेको विभिन्न दरका नोट रु दुई लाख ४३ हजार ४० पनि बरामद गरिएको उनले बताए । पक्राउ परेका पन्तको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार  १२ : ५७ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग