२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

ब्राउन सुगरसहित एक युवा पक्राउ



कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले ८५० मिलीग्राम लागुऔषधसहित एक युवालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका-४ सुर्खेतका २५ वर्षीय युवा सरोज पन्तलाई प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयअन्तर्गत लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालयबाट खटिएको प्रहरी टोलीले पन्तलाई शङ्कास्पद तरिकाले वीरेन्द्रनगर नगरपालिका-१० बुलबुले द्वार नजिकै गएराति हिँडिरहेको अवस्थामा नियन्त्रणमा लिइएको जिप्रका सुर्खेतका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।

“नियन्त्रणमा लिइएका उनको शरीर खानतलासी गर्दा उनले लगाएको चेष्टगार्डको अगाडि खल्ती र साथमा भएको मोबाइल कभरभित्र लागुऔषध ब्राउन सुगरजस्तो प्लाष्टिकमा धुलो पदार्थ भेटियो”, प्रहरी नायब उपरीक्षक घर्तीले भने, “बरामद गरिएको लागुऔषध ब्राउन सुगर ८५० मिलीग्राम थियो ।” उनको साथमा लुकाइछिपाइ राखेको विभिन्न दरका नोट रु दुई लाख ४३ हजार ४० पनि बरामद गरिएको उनले बताए । पक्राउ परेका पन्तको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार  १२ : ५७ बजे

भारतमा मुख्यधारका सञ्चारमाध्यमप्रति अविश्वास बढ्दो

नयाँदिल्ली । भारतमा गत महिना भएको युवा नेतृत्वको विरोध प्रदर्शनले

देउवा साउन २६ मा स्वदेश फर्किने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन

संसदीय समितिलाई अधिकारकर्मीको प्रश्न – अन्तर्राष्ट्रिय संस्थासँग होइन, सरकारसँग माग्नुस् जवाफ

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशमाथि राजनीतिक दबाब परेको भन्ने आरोपबारे

कांग्रेस विशेष महाधिवेशनको वैधानिकतामाथि पुनः सुनुवाइ हुने

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले यसअघि गरेको

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज