१ पुस २०८२, मंगलबार | December 17, 2025

रानीगञ्ज-शिवनगरबाट बुटवल जोड्ने मगरघाट पुल सञ्चालनमा, निर्माण सम्पन्न भएको १ वर्षपछि उदघाटन



बुटवल । बुटवल र मोतीपुर जोड्ने तिनाउ नदीमा बनेको मगरघाट पुल औपचारीक रुपमा सञ्चालनमा आएको छ ।

बुटवल योगिकुटी हुंदै मोतीपुर तथा रानीगञ्जको शिवनगर जाने मगरघाट पुलको आज एक कार्यक्रमका बीच नेपाल सरकारका अर्थमन्त्री विष्णु पौडेलले उदघाटन गरेका छन् । १ वर्ष पहिले निर्माण सम्पन्न भएपनि पलको आज मात्र उदघाटन भएको हो ।

बुटवलको योगीकुटीबाट मगरघाटको पुल हुँदै तिनाउ पारि रानीगञ्जको शिवनगर पुगिन्छ । तिनाउ नदीमा पुल नबन्दा शिवनगर रानीगञ्ज क्षेत्र बुटवलबाट अलग बस्तीजस्तो देखिन्थ्यो । सुकुम्वासी बस्ती रहेको त्यहाँ यसअघि सुनसान जस्तै थियो भने स्थानीयबासीहरु दैनीक मजदुरीका लागि घण्टौ लगाएर बुटवल आउन बाध्य थिए ।

मगरघाटको पुल उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले बुटवलसँग तिनाउ पारिका बस्तीको विभेद हटेको बताए । उनले भने, ‘विकासको महाअभियान शुरू भयो । यसको संरक्षण र सदुपयोगको दायित्व स्थानीयलाई छ । विकासको यो अभियानलाई निरन्तर अगाडि बढाउँछौँ ।’

उनले जनताको विकासको चाहनालाई सार्थक बनाउँदै जाने प्रतिबद्धता समेत व्यक्त गर्दै तिनाउ नदी आसपासको क्षेत्रलाई बस्नलायक बस्तीको रूपमा विकास गर्ने समेत आश्वासन दिए ।

लामो समयसम्म देवीनगरमा तिनाउमाथि झोलुंगे पुल थियो । झोलुंगे पुलबाट पैदलयात्रीलाई सहज भएपनि सवारीबाट ओहोरदोहोर गर्न भने मोतीपुरवासीलाई बेलबास, जीतगढी भएर घुमेर बुटवल आउनुपर्दथ्यो ।

आज उदघाटन भएको मगरघाटको पुल २०७३ सालमा शुरू गरेर २०७६ सालमा निर्माण सम्पन्न भएको हो । योगीकुटी र शिवनगर जोड्ने १ सय ८० मिटर लम्बाइ र ११ मिटर चौडाइको यो पुलको लागत २१ करोड ४९ लाख रहेको छ ।

यो पुलले बुटवल वडा नम्बर ११ र १६ जोड्ने सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीले जानकारी दिए ।

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार  १ : ५५ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष