२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

बर्दियामा पनि कोरोना खोप अभियान सुरु



बर्दिया । बर्दियामा स्वास्थ्यकर्मीहरुलाई कोरोना विरुद्धको खोप लगाईएको छ । सरकारको नीति अनुरुप बर्दिया जिल्लाका स्वास्थ्य क्षेत्रमा काम गर्ने करिब दुई हजार स्वास्थ्यकर्मीहरुलाई कोरोना विरुद्धको खोप लगाइने भएको छ ।

नेपाल सरकारले उपलब्ध गराएको कोरोना विरुद्धको खोप बर्दिया लगाएत देशभर आजदेखि लगाउन सुरु गरिएको छ । बर्दिया अस्पतालका प्रमुख डा. सुभाष पाण्डेले खोप लगाएर जिल्लामा खोप अभियानको सुरुवात गरेका छन् । खोपको सुरुवातमा बर्दिया जिल्लामा जिल्ला स्वासथ्य कार्यालयका कोरोना फोकल पर्सन नरेश श्रेष्ठ, बर्दिया अस्पतालका व्यवस्थापक बसन्त खनालले खोप लगाएका छन् ।

बर्दिया अस्पतालका प्रमुख डा. पाण्डेले एक हप्ताभित्र जिल्लाका आठ ओटै स्थानीयतहका स्वास्थ्यकर्मीहरुलाई खोप लगाएर सकिने बताए । उनले पहिलो पटक खोप लगाएका व्यक्तिहरुलाई २८ दिन पछि पुनःअर्को पटक खोप लगाउनु पर्ने बताउँदै बर्दियामा स्वास्थ्यकर्मीहरुका लागि खोप पर्याप्त रहेको जनाए ।

हाल बर्दियामा ४ सय भाईल खोप उपलब्ध भएको थियो । एक भाईलबाट बढिमा १० जनालाई खोप लगाउन सकिन्छ । हालसम्म खोपको कारणले कुनै साईड इफेक्ट नदेखिएको प्रमुख पाण्डेले बताए ।

 

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार  ३ : १४ बजे

भारतमा मुख्यधारका सञ्चारमाध्यमप्रति अविश्वास बढ्दो

नयाँदिल्ली । भारतमा गत महिना भएको युवा नेतृत्वको विरोध प्रदर्शनले

देउवा साउन २६ मा स्वदेश फर्किने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन

संसदीय समितिलाई अधिकारकर्मीको प्रश्न – अन्तर्राष्ट्रिय संस्थासँग होइन, सरकारसँग माग्नुस् जवाफ

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशमाथि राजनीतिक दबाब परेको भन्ने आरोपबारे

कांग्रेस विशेष महाधिवेशनको वैधानिकतामाथि पुनः सुनुवाइ हुने

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले यसअघि गरेको

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज