११ बैशाख २०८१, मंगलबार | April 23, 2024

बर्दियामा पनि कोरोना खोप अभियान सुरु



बर्दिया । बर्दियामा स्वास्थ्यकर्मीहरुलाई कोरोना विरुद्धको खोप लगाईएको छ । सरकारको नीति अनुरुप बर्दिया जिल्लाका स्वास्थ्य क्षेत्रमा काम गर्ने करिब दुई हजार स्वास्थ्यकर्मीहरुलाई कोरोना विरुद्धको खोप लगाइने भएको छ ।

नेपाल सरकारले उपलब्ध गराएको कोरोना विरुद्धको खोप बर्दिया लगाएत देशभर आजदेखि लगाउन सुरु गरिएको छ । बर्दिया अस्पतालका प्रमुख डा. सुभाष पाण्डेले खोप लगाएर जिल्लामा खोप अभियानको सुरुवात गरेका छन् । खोपको सुरुवातमा बर्दिया जिल्लामा जिल्ला स्वासथ्य कार्यालयका कोरोना फोकल पर्सन नरेश श्रेष्ठ, बर्दिया अस्पतालका व्यवस्थापक बसन्त खनालले खोप लगाएका छन् ।

बर्दिया अस्पतालका प्रमुख डा. पाण्डेले एक हप्ताभित्र जिल्लाका आठ ओटै स्थानीयतहका स्वास्थ्यकर्मीहरुलाई खोप लगाएर सकिने बताए । उनले पहिलो पटक खोप लगाएका व्यक्तिहरुलाई २८ दिन पछि पुनःअर्को पटक खोप लगाउनु पर्ने बताउँदै बर्दियामा स्वास्थ्यकर्मीहरुका लागि खोप पर्याप्त रहेको जनाए ।

हाल बर्दियामा ४ सय भाईल खोप उपलब्ध भएको थियो । एक भाईलबाट बढिमा १० जनालाई खोप लगाउन सकिन्छ । हालसम्म खोपको कारणले कुनै साईड इफेक्ट नदेखिएको प्रमुख पाण्डेले बताए ।

 

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार  ३ : १४ बजे

गृहमन्त्री लामिछाने भन्छन्- तीन दशकका अभ्यासहरुलाई सच्याउन समय लाग्छ

काठमाडौं  । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले तीन दशकका अभ्यासहरुलाई

बुटवल उपमहानगरले ल्यायो चार भाषामा नागरिक बडापत्र

बुटवल । बुटवल उपमहानगरपालिकाले मुख्य चार भाषामा नागरिक बडापत्र सञ्चालनमा

विस लिष्ट होइन, व्यवहारिक परियोजना प्रस्तुत गरौँ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई विश्वासमा लिएर

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

वीरगञ्जको अलौमा सात घर जले, ५४ लाखको क्षति

पर्सा । वीरगञ्ज महानगरपालिका–१७ स्थित अलौमा आज बिहान आगलागी हुँदा