१६ असार २०८३, मंगलबार | June 30, 2026

पार्टी भित्रैबाट छापामार शैलीमा अविश्वासको प्रस्ताव आउने भएपछि प्रतिनिधिसभा विघटन गरियो : अर्थमन्त्री पौडेल



बुटवल । नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली पक्षका महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले अनुशासित, जनता र राष्ट्रप्रति उत्तरदायी प्रतिनिधिसभा बनाउका लागि सरकारले निर्वाचनमा जाने निर्णय गरेको दाबी गरेका छन् ।

बुटवल चिडियाखोला सडक खण्डको बुधबार बुटवलमा शिलान्याश गर्दै महासचिव पौडेलले आफ्नै पार्टीबाट छापामार शैलीमा सरकार विरुद्ध अविश्वासको प्रस्ताव बोक्दै हिँडेकाले संसद विघटन गर्नु परेको बताए ।

पौडेलले संवैधानिक, कानुनी र दलको विधानको व्यवस्था भन्दा बाहिर गएर जनताको चाहना र राष्ट्रको आवश्यकता विपरित काम पार्टी भित्रैबाट भएकाले अनुशासित प्रतिनिधिसभा चाहिएका कारण नयाँ जनादेश आवश्यक भएको जिकिर गरे ।

पौडेलले प्रतिपक्षले भन्दा बढी आफ्नै पार्टीले सरकारलाई जनमुखी काम गर्न बाधा ब्यवधान हालेको आरोप लगाउँदै निर्वाचनबाट आफुहरुले भने जस्तै संसद बन्ने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले झण्डै दुई तिहाई बहुमतको समर्थन रहेको प्रतिनिधिसभा विघटन गरेर दुई तिहाई बहुमतका लागि नयाँ निर्वाचन आह्वान गर्नुपरेको लिखित जवाफ सर्वोच्च अदालतलाई दिएका थिए ।

महासचिव पौडेलले सोही लाइन अनुसार आफ्नो धारणा व्यक्त गरेका हुन् ।

 

केही वर्षमै बुटवल आधुनिक सुन्दर शहर


अर्थमन्त्री समेत रहेका पौडेलले मुलुक विकासको गतिमा अगाडि बढि सकेको दाबी गर्दै अबका केहि वर्षमा बुटवल विश्वमै सुन्दर शहर बन्ने बताए ।

उनले ४-५ हप्ता भित्रै सिद्धबाबा सुरुङ मार्गको टेण्डर खुल्ने कुरा दोहो-याउँदै बुटवल नारायणगढ, बुटवल धानखोला र बुटवल पोखरा आधुनिक सडक सञ्जालमा छिटै जोडिने जानकारी दिए ।

सडक विस्तारका क्रममा घर भत्काउन बाध्य घरधनीहरुलाई धन्यबाद व्यक्त गर्दै पौडेलले विकासमा घरधनीहरुको योगदानको स्मरण गरिने बताए ।

बुटवलको राजमार्ग चौराहादेखि चिडिया खोला सम्मको साढे ३ किलोमिटर सडक निर्माणका लागि २०७३ सालमा ४७ करोड २७ लाखमा ठेक्का सम्झौता भएपनि कतिपय घरधनीहरुले सडक खाली नगरेर अदालतमा मुद्धा प्रक्रियामा गएपछि ठेकेदार कम्पनीले म्याद थप गर्दै बस्दै आएको थियो । अदालती मुद्दाका कारण सडक विस्तारको काम रोकिएको थियो ।

४ लेन सडक अन्तर्गत सडकको दुबैतर्फ ५-५ मिटरको सर्विस लेन सहितको सडक २०७९ साल बैशाख मसान्त सम्म काम सम्पन्न गर्न ठेकेदार कम्पनीलाई म्याद दिईएको छ ।

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार  ५ : १२ बजे

पर्यटन प्रवद्र्धन र युवा-मैत्री नीति बनाउन होटल व्यवसायीको आग्रह

बुटवल । रुपन्देहीका होटल व्यवसायीहरूले पर्यटन क्षेत्रलाई चलायमान बनाउन र

विष्णु पौडेललाई पुनः म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति

मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा

म्याग्दी । म्याग्दी नदीको बाढी र कटानको जोखिममा रहेको बेनी

असार १५ : जुजु धौको माग उच्च

भक्तपुर । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको

राष्ट्रिय धान दिवस : ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत रोपियो धान

पाटन । ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत धान रोप्दै