१५ फाल्गुन २०८२, शुक्रबार | February 27, 2026

के तपाइ धेरै मःम खानुहुन्छ ? यस्तो छ बेफाइदा



एजेन्सी । नेपालीहरूमाझ लोकप्रिय खाजा म:म अत्यधिक सेवन हुने गरेको छ । मानिसहरू स्टीम र फ्राई मम स्वाद मानी मानी खाने गर्छन् । तर स्वास्थ्यको हिसाबले मम गतिलो कुरा हैन किनकि यसले रक्तचापको समस्या बढाउँछ ।

रक्तचापको परीक्षण १२० ८० एमएमएचजीका आधारमा गरिन्छ । यहाँ १२० अंक सिस्टोलिक रक्तचाप हो र यसलाई सामान्य भाषामा हाई प्रेसर भनिन्छ । अनि तलको रक्तचापलाई डाइस्टोलिक भनिन्छ अर्थात् लो प्रेसर ।

वृद्ध व्यक्तिहरूमा सिस्टोलिक रक्तचाप विशेषगरी बढ्छ र लगभग १६० ८० हुन सक्छ । युवामा १४० सिस्टोलिकभन्दा माथिको रक्तचाप र वृद्धहरूमा १५० भन्दा बढी रक्तचाप भएमा एकदमै ध्यान दिनुपर्ने हुन्छ ।

चिकित्सकहरूका अनुसार, अत्यधिक मात्रामा फास्टफूड खाँदा युवामा उच्च रक्तचापको समस्या निकै बढिरहेको छ । तनावपूर्ण जीवनशैली, अनियमित खानपान, फल र तरकारीको साटो मम जस्ता फास्टफूडको सेवन, चिल्लो र नूनिलो खानेकुरा खाने बानी, निष्क्रिय जीवनशैलीका कारण रक्तचापको समस्या बढिरहेको छ ।

अहिले २० देखि ४० वर्षको उमेरका मानिस उच्च रक्तचापको समस्याबाट पीडित छन् । उच्च रक्तचाप आफैंमा एक रोग हो अनि यसले शरीरका अन्य अंगलाई पनि नराम्रो प्रभाव पार्छ । मुटु, कलेजो र मिर्गौलालाई यसले घात गर्छ । आँखालाई पनि यसले हानि गर्छ । उच्च रक्तचापका कारण दिमागका नसाहरू फाट्ने
सम्भावना हुन्छ ।

रक्तचाप सन्तुलनमा राख्नका लागि मम लगायतका खानेकुरा कहिलेकाहीँ मात्र खाने गर्नुपर्छ । नियमित रूपमा रक्तचापको परीक्षण गर्नुपर्छ । स्वास्थ्यस्थितिमा परिवर्तन आउनेबित्तिकै चिकित्सकको परामर्श लिइहाल्नुपर्छ ।

लसुन खाएमा रक्तचापको समस्या निदान हुन्छ किनकि यसले रगत जम्नै दिँदैन र कोलेस्ट्रोलाई नियन्त्रण गर्छ । एक ठूलो चम्चामा अमलाको रस र मह बराबर मिसाएर बिहान बेलुका पिउँदा उक्त रक्तचापमा राहत पुग्छ ।

प्रकाशित मिति : १५ माघ २०७७, बिहिबार  ५ : ३८ बजे

पहाडी वनको ‘मदना चाँचर’ शुक्लाफाँटामा

कञ्चनपुर । जैविक विविधताले भरिपूर्ण शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पहिलोपटक ‘मदना

मतदाता आकर्षित गर्न आ-आफ्नै ‘एजेन्डा’

काठमाडौं । यसअघिका संसदीय निर्वाचनमा सिट सङ्ख्याका आधारमा निर्णायक भूमिकामा

संखुवासभा-ताप्लेजुङ सीमाक्षेत्रमा ४.७ म्याग्निच्युडको भूकम्प

काठमाडौं । संखुवासभा र ताप्लेजुङको सीमाक्षेत्रमा शुक्रबार बिहान भूकम्पको धक्का

निर्वाचन आउन ६ दिन बाँकी : निर्वाचन अवधिभर मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध

काठमाडौं । निर्वाचन आयोगले आजदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म

पार्टीका उम्मेदवार विरुद्ध अन्तरघात गर्नेलाई समयमै कारबाही हुन्छ : अमर सिंह पुन

नेपालगन्ज । । नेपाली कांग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर ३