१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

अदालतको अवहेलनाको मुद्दा आज एउटै इजलासबाट सुनुवाइ हुने



काठमाडौं । अदालतको अवहेलना गरेको भन्दै प्रधानमन्त्री, पूर्व प्रधानन्यायाधीशहरु र पूर्वसभामुखविरुद्ध परेका मुद्दाको सुनुवाइ एउटै इजलासबाट हुने भएको छ ।

प्रतिनिधिसभा विघटनको मुद्दालाई प्रभावित बनाउने गरि अभिव्यक्ति दिएको भन्दै परेका छुट्टाछुट्टै रिटको सुनुवाइका लागि आज एउटै इजलास तोकिएको छ। सबै मुद्दाको सुनुवाइ न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा हुनेगरि सर्वोच्चले आज तोकेको पेशीमा उल्लेख गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र कञ्चनकृष्ण न्यौपानेले अवहेलना मुद्दा दर्ता गरेका थिए।

यस्तै पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध अधिवक्ता राजाराम घिमिरे र पूर्व प्रधानन्यायाधीहरूविरुद्ध धनजित बस्नेत र लोचन भट्टराईले अवहेलान मुद्दा दायर गरेका हुन्। पूर्व प्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अवहेलाना मुद्दा दर्ता भएको हो।

प्रकाशित मिति : १५ माघ २०७७, बिहिबार  ११ : ५१ बजे

गुजरातमाथि दिल्लीको रोमाञ्चक जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले गुजरात

उपनिर्वाचन : आजबाट प्रचारप्रसार गर्न नपाइने

काठमाडौं । बैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

खोटाङ । खोटाङमा सामुदायिक वनमा लागेको डढेलो निभाउनेक्रममा जलेर एक

प्राइम बैंक तथा सुनगाभा रिसोर्ट र लुम्बिनी आई केयरबीच छुट सम्झौता

भैरहवा । प्राइम कमर्सियल बैंक लिमिटेड र रुपन्देहीको तिलोत्तमा नगरपालिका-७